काठमाण्डौ । धार्मिक, सामाजिक, ऐतिहासिक, भाषिकसँगै दुवै देशका नागरिकबीच जनस्तरको सम्बन्ध रहेको भारत नेपाल साँस्कृतिक सम्बन्ध परिषद्को ७५ औं बार्षिकोत्सव सोमबार काठमाण्डौमा एक भव्य समाराहबीच सम्पन्न भएको छ । नेपालस्थित भारतीय राजदुतावासको आयोजनामा सम्पन्न बार्षिकोत्सवको प्रमुख अथितिको रुपमा नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादव रहनु भएको थियो । भारतीय राजदुतावासले हरेक बर्ष साँस्कृतिक सम्बन्ध परिषद्को बार्षिकोत्सव मे ४ तारेखका दिन आयोजना गर्दै आएको छ । दुतावासको एमपी हलमा ७५ औं बार्षिकोत्सव र भारतको विभिन्न विश्व विद्यालयहरुमा अध्ययन गरेका आइसिसिआर एल्मुनाई भेटघाट यसपटक एकसाथ आयोजना गरिएको थियो । कार्यक्रममा आइसिसिआरका पूर्व विद्यार्थीहरुले संगीत र नृत्य मार्फत भारत नेपाल सम्बन्धको चर्चा गरेका थिए । कार्यक्रममा सहभागीहरुले संगीत र नृत्यमार्फत सम्बन्ध माथि दिएको प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरेका थिए । पूर्व विद्यार्थीहरुको प्रस्तुति बजोडका रहेको थियो । उनीहरुले दिएको प्रस्तुतिलाई सहभागीहरुले पटक पटक दोहो¥याउन आगह गरेका थिए । अधिकांशको टिप्पणी थियो परिषद्को ७५ औं बार्षिकात्सव बार्षिकोत्सव मात्र नभएर दुवै देशबीचका मित्रताको उत्सव समेत थियो । पूर्व द्यिार्थीहरुले संगीत र नृत्य प्रस्तुत गर्नुभन्दा अगाडि भारतमा अध्ययन गर्दा आफ्नो प्रेरणदायी यात्रा र आफ्नो करिअरलाई अगाडि बढाउन भारतीय साँस्कृति सम्बन्ध परिषद्ले खेलेको भूमिकाका सम्बन्धमा आफ्ना अनुभवहरु एक अर्कामा आदानप्रदान गरेका थिए । सो अवसरमा बाल्दै पूर्व राष्ट्रपति रामवरण यादवले भन्नुभयो परिषद्को ७५ औं बार्षिकोत्सवका अवसरमा प्रमुख अथितिको रुपमा भारतीय राजदुतावासले निम्त्याएकोमा आफूलाई गर्व लागेको छ । उहाँले भारतीय साँस्कृतिक सम्बन्ध परिषद्को बारेमा आफूलाई धेरै कुरा ज्ञान भएको भन्दै आफ्ना स्मरणहरु सुनाउनु भएको थियो । भारत नेपाल बीचको सदियौ पुरानो ऐतिहासिक र सभ्यतागत सम्बन्ध, बलियो साँस्कृतिक र दुवै देशका जनता जनताबीचका सम्बन्धको प्रशंसा गर्नुभएको थियो । दुवै देशबीचको सम्बन्ध सरकार सरकारबीचमा मात्र नभएर जनस्तरको भएकोले कसैले चाहेर पनि खलल पु¥याउन नसक्ने डा. यादवको कथन थियो । सो अवसरमा उहाँले दुतावास प्रांगरणमा टाँकीको विरुवा समेत रोप्नु भएको थियो ।


यसैगरि नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारत र नेपालबीच वहुआयामिक सम्बन्ध रहेको चर्चा गर्नुभएको थियो । उहाँले जोड दिँदै भन्नुभयो दुवै देशबीचको साँस्कृतिक र जनता जनताबीचको सम्बन्धलाई थप मजबुत एवम् सुदृढ पार्न भारतीय साँस्कृतिक सम्बन्ध परिषद्को महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै दुई देशबीचका यस्ता वहुआयामिक सम्बन्धलाई प्रवद्र्धन गर्न भारतको निरन्तर प्रतिबद्धता रहने प्रष्ट पार्नुभयो । कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सामाजिक अभियन्ता, कलाकार, साहित्यकार, सञ्चारकर्मी, प्रवुद्धवर्ग लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।


