इटहरी । पूर्वाञ्चलका ग्राहकहरुका लागि पहिलो रोजाइमा रहेको इटहरी स्थित गोरखा डिपार्टमेन्ट स्टोरले तीन बर्ष अगाडि ४२ करोडको लगानीमा सञ्चालनमा ल्याएको गोरखा होटल यतिबेला नेपाली पाहुनाका लागि मात्र नभएर भारतीय पाहुनाका लागि समेत पहिलो रोजाईमा परेको छ । तारे होटलले प्रदान गर्ने सेवा सुविधाका कारण पाहुनाहरु गोरखा होटलप्रति आकर्षित भएको गोरखा होटलका म्यानेजर राजेन्द्र आचार्यको कथन छ । होटल म्यानेजमेन्टमा उच्च शिक्षा हासिल गर्नुभएका आचार्यले काठमाण्डौका तारे होटल, भरतपुर, बारा लगायतका स्थानमा रहेका ख्याति प्राप्त होटलहरुमा काम गरिसक्नु भएको छ । गोरखा डिपार्टमेन्ट स्टोरले सञ्चालनमा ल्याएको गोरखा होटल देशका अन्यत्र रहेका तारे होटल भन्दा कम नभएको आचार्यको कथन छ ।

खासगरि नेपालका दुरदराज, पहाडी जिल्लाहरु, भारतको विहार, पश्चिम बंगाल, सिक्किम, आसाम, मणिपुर, उत्तरप्रदेशका पाहुनाहरुको पहिलो रोजाइ नै गोरखा होटल बन्ने गरेको छ । अधिकांश पाहुनाहरुले फोन,इमलेबाटै कोठाहरु बुक गर्ने गरेको भ्यानेजर आचार्य बताउनुहुन्छ । उहाँका अनुसार यतिबेला असाध्यै राम्रो चलेको छ होटल । एभरेजमा ७० प्रतिशत होटलका रुमहरु बुक हुने गरेका छन् । ४२ वटा कोठमा स्टान्डर्ड, डिलक्स सुपर डिलक्स र एजुकेटिव क्लब रहेका छन् । अक्सर गरेर नेपाल र भारतकै पाहुनाहरु आउने गरेका छन् । दिल्लीका पाहुनाहरु जो यहाँ भएका औद्योगिक क्षेत्रमा काम विशेषले आउनेहरु पनि धेरै छन् । घुम्न आउने टुरिष्ट प्रकारका पाहुनाहरु ३० प्रतिशत होलान् । अधिकांश कामको सिलसिलामा आउनेहरु छन् । इलाम, पाथिभरा, भेडेटार जानेहरु अधिकांश नेपाली हुन्छन् । भारतीय र नेपाली पाहुनाहरुले नेपाली थाली खाना नै खाने गरेका छन् । यसका अलावा इन्डियन खाना, चिकेनकरी, चिकेन मटन मसला, नान रोटी, विर्यानीहरु लिने गरेका छन् । खासगरि नेपाली थाली र इण्डियन खाना बढी रहेको छ । नर्मल्ली खाजाको रुपमा खानेले मम, चाउमिन लगायत लिन्छन् । उहाँ भन्नुहुन्छ होटल उत्साह जनक ढंगले चलेको छ । विगतमा कोभिडका कारण निराशजनक थियो । सात आठ वटा कोठा बुक हुन पनि गाह«ो थियो । कोभिडको प्रकोप कम भएपछि यतिबेला व्यवसाय राम्रोसँग चलेको छ । म्यानेजर आचार्यका अनुसार अलिकति यो क्षेत्रमा जनशक्तिको अभाव हुने गरेको छ । काठमाण्डौ वा व्यवस्थित सहरको जस्तो मेनपावर पाउन गाह«ो छ । काठमाण्डौमा छानी छानी मान्छे पाइन्छ । यहाँचाहिँ अलि गाह«ो छ । होटल म्यानेजमेन्ट पढेका विद्यार्थीहरु दुई चार महिना काम गर्छन् त्यसपछि विदेश जान्छन् । यद्यपि, हामीसँग जनशक्तिको अभाव छैन । पाँचतारे होटलमा काम गरेका कुक, वेटरहरु गोरखा होटलमा काम गरिरहेका छन् । हामीले खाजा, खाना, रुममा क्वालटी एकदम हाइजेनिक र सर्भिस स्ट्याण्डर दिएका छौं । पहिलो पटक बाहिरबाट आउनेहरुले सामान्य होटलका रुपमा बुझ्नुहुन्छ तर जब उहाँहरु आएर बस्नुहुन्छ त्यसपछि गोरखा होटल कस्तो रहेछ भन्ने कुरा थाहा पाउनुहुन्छ । एकपटक गोरखा होटलमा आएर बस्नु हुने अर्को पटक आउँदा अन्यत्र जानुहुन्न । राम्रो सर्भिस, क्वालिटी, सेवासुविधा पाएपछि उहाँहरु अत्यन्तै खुशी हुनुहुन्छ । उहाँहरु अर्थात पाहुनाहरु आएर बसेपछि भन्नुहुन्छ यतिको स्तरीय होटल पाइएला भन्ने सोचेको पनि थिइन ।
वहु कृषि फारम सञ्चालन

गोरखा डिपार्टमेन्ट स्टोरले अरुका उत्पादनको बिक्री वितरण मात्र नगरेर आफ्ना उत्पादनहरु समेत बजारमा ल्याएको छ । दूध, बेकरी, पानीसँगै उसले वहु कृषि फर्म समेत सञ्चालन गरिरहेको छ ।इटहरी नगरपालिका वडा नं. १७ एकम्बामा स्टोरले केही बर्ष यता वहु कृषि फर्म समेत सञ्चालन गर्दै आएको छ । गोेरखा डेरी उद्योगसँगै माछा पालन, बाख्रा पालन, हाँस पालन,बगुर पालन, कुखुरा पालनसमेत गर्दै आएको छ । भारतको जमुनापारीबाट ल्याइएका उन्नत जातको बाख्रा र बोयर जातका बोकाबाट पाठापाठी उत्पादन गर्दै आएको छ । ८० हजारमा खरिद गरेर ल्याएका बोयर जातको बोकाबाट उत्पादन भएका पाठापाठीको स्थानीय स्तरमा मात्र नभएर बाहिरबाट समेत ठूलो माग आउन थालेको स्टोरका प्रबन्धक निर्देशक आचार्यले बताउनुभयो । एउटा बोयर जातको खसीबाट दुई सय केजी देखि ३ सय केजी सम्म मासु उत्पादन हुने भएपछि पाठापाठीका लागि अग्रिम बुक हुन थालेको पनि उहाँले सुनाउनुभयो । यसैगरी विभिन्न प्रकारका माछाहरु, हाँस, बंगुरको माग पनि यतिबेला उच्च रहेको छ । स्थानीय स्तरमा भन्दा पनि काठमाण्डौ लगायतका मुख्य सहरबाट यसको माग उच्च रहेको पनि उहाँले सुनाउनुभयो ।
दूधसँगै प्रागरिक मलको उत्पादन शुरु

झण्डै दुई सय भन्दा बढी उन्नत जातका गाईबाट स्टोरले दैनिक १५ सय देखि २ हजार लिटर दूध उत्पादन गर्दै आएको छ । सुद्ध र मिसावटरहित दूधका लागि गोरखा गल्लीमा दैनिक विहान चारबजेदेखि ८ बजेसम्म सैयौ स्थानीय उपभोक्ताहरुको भीड लाग्ने गरेको छ । स्टोरले आफना अन्य शाखाहरु मोरङको विराटचौक, पथरी, दमकमा समेत आफ्नै उपादनको दूध विक्री वितरण गर्दै आएको छ । यसका अलावा गाई भैसीको गोवरबाट कम्पोष्ट मल समेत उत्पादन शुरु भएको आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो भारतबाट किनेर ल्याएको ‘डायर’ मेशिनमा काँचो गोबर हालिन्छ । मेसिनले काँचो गोवरलाई ८०–८५ प्रतिशत सुकाइदिन्छ । त्यसपछि त्यसलाई फर्मलटेशन गरेपछि ४० दिनमा कम्पोष्ट मल तयार हुन्छ । ड्राई गरेर निस्किएको झोल मल विरुका लागि अझ इफेक्टिव भएका पाइयो आचार्यले भन्नुभयो । किसानहरुलाई झोल मल लैजान अप्ठेरो पर्दैन भन्ने जिज्ञासामा उहाँले भन्नुभयो पर्दैन । हामीले १५ लिटरको प्लाष्टिक्सको जारमा त्यसलाइ राखेर विक्री वितरण गर्दै आएका छौं । झोल मलले विरुवा सात दिनमै हरियो बनाएको पाइएपछि यतिबेला कम्पोस्ट मल भन्दा पनि झोल मलप्रति कृषकहरु आकर्षित हुन थालेका छन् । कम्पोस्ट मल दैनिक कति उत्पादन हुन्छ त भन्ने सवालमा आचार्यले भन्नुभयो दैनिक २५ देखि ३० बोरा उत्पादन भइरहेको छ । भोजपुरमा कागती लगाउन त्यहाँका कृषकहरुले तीन लाख रुपैयाको खरिद गरेर लगेको, खोटाङ्गमा ४ लाखको लगेको सुनाउदै इलामबाट धेरै परिणामको माग आएको पनि सुनाउनुभयो ।
गोरखा गल्लीमा पनि उस्तै भीड
गोरखा डिपार्टमेन्ट स्टोरको अन्डर ग्राउन्डमा खास गरेर गृहणीहरुको भीड लाग्ने गरेको छ । अन्डरग्राउन्डमा ताजा सागसब्जी जो कोही गृहणी पनि एकपटक लोभिन्छन् । अन्डर ग्राउन्डमा पाइने साग सब्जी, वेसिनजनका तकारीहरु जुन गोरखाले आर्गनिक ढंगले आफै उत्पादन गरेको हो । सुद्ध गाइभैसीको गोवर मलबाट उत्पादन भएका सागसब्जी किन्न धरान, राटनगरबाट समेत उपभोक्ता पुग्ने गरेको गोरखाले जनाएको छ । त्यहाँ दर्जनभन्दा बढी प्रकारका सागसब्जी राखिएका छन् । पसल सातैदिन खुल्ला रहन्छ । आÏनै गाइगोठबाट उत्पादित दूध, घ्यूबाट बनाइएका अत्यन्तै स्वादिष्ट मिठाई, बेकरीहरुका लागि राति अवेरसम्म ग्राहकको भीड लाग्छ । यसैगरी गोरखा गल्लीमा पाइने फलफूल, Ïलोर ग्राउन्डमै पाइने खाद्यान्न, फ्रोजन आइटमका माछा मासुमा समेत ग्राहकहरु झुम्मिने गरेका छन् ।
किचेनको बसाइको मज्जा नै बेग्लै


पूर्वाञ्चलबासीका लागि मात्र हैन नेपालसँग सीमाना जोडिएको भारतीय नागरिकदेखि टाढा–टाढाका भारतीयहरुका लागि समेत गोरखा डिपार्टमेन्ट स्टोर अत्यन्तै विश्वासिलो ब्राण्ड बनिसकेको छ । २०७९ जेष्ठ ६ गतेदेखि गोरखाले आफ्नो चौथो शाखा दमकबाट सञ्चालनमा ल्याएपछि गोरखाका ग्राहकहरुले सहजता महसुस गरेका छन् । दार्जिलिङ्गबाट स–परिवार नेपाल घुम्न आएका दिपेन तामाङ्ग सोमबार झापाको दमकस्थित चौथो तलामा रहेको गोरखा किचनमा भेटिए । वातानुकुलित एसी जडान भएको किचेनमा उनी आÏना स–परिवारका साथ अनेकौ प्रकारका भेराइटीहरुको स्वाद लिइरहेका थिए । उनीमात्र हैन सिक्किमबाट आफन्त भेट्न परिवारसहित आएका रमेश शर्मा समेत एसी र बाहिरी दृश्यको आनन्द लिँदै परिकारहरु खाँदै थिए । गोरखा डिपाटमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतम भन्नुहुन्छ, दमकस्थित डिपार्टमेन्ट स्टोरले छोटो अवधिम पूर्र्वीली ग्राहकहरुको मन जित्न सफल भएको छ । किचेनमा मात्र ग्राहकहरुको भीड हुने हैन अन्यत्र अर्थात ग्रोसरी, इलेक्ट्रोनिक्स,लत्ता कपडा, बेकरीमा समेत ग्राहकहरुको विहानैदेखि भीडभाड शुरु हुन्छ । स्टोरको चौथो शाखाको रुपमा दुई महिना अगाडि यसको शुभारम्भ हुँदा हामीले त्यति धेरै अपेक्षा गरेका थिएनौं । दुई चार महिनापछि यसले आफ्नो गति समात्ला भन्ने लागेको थियो । तर त्यस भन्दा अगावै ग्राहकहरुले असिम माया दर्शाउनु भएको छ । उहाँ भन्नुहुन्छ, यदाकदा हामीले ग्राहकलाई अब ढिलो भयो कृषि बाहिरीदिनु हुन्छ कि भनेर आग्रह समेत गर्नुपरेको छ । विहान ८ः३० बजेबाट शुरु हुने डिपार्टमेन्ट स्टेरको दैनिकी बुलुका ८ बजेसम्म चल्छ । म्यानेजर गौतम भन्नुहुन्छ, ग्राहकहरु राति ८ बजेपछि पनि त्यतिकै किनमेल र किचेनमा बस्ने गरेपछि हामीले आग्रह नै गर्नुपर्न अवस्था आउँछ । दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा हाल ४ लाख ५० हजार प्रकारका सामान उपलब्ध छन् । दैनिक उपभोग्य सामानदेखि लक्जरियस समानहरु समेत स्टोरमा उपलब्ध छन् । स्वदेशी तथा विदेशी ब्राण्डका समानहरु सबै एकै थलोमा पाइने भएपछि ग्राहकले आफूलाई चाहिएको सामान खोज्न चारचौरास भैतारिनु नपर्ने, हरेक बस्तुको फिक्स मूल्य भएकोले बार्गेनिङ्गको झन्झट नहुने कम्प्युटरराइज बिलिङ्ग सिस्टम, अत्यन्तै सफा आदिका कारण ग्राहकहरु गोरखा डिपार्टमेन्ट स्टोरको चौथो शाखामा आकर्षित भएको म्यानेजर गौतमको बुझाइ छ ।
