घण्टाघरबाट हेर्दा

देशमा बस्दा डिप्रेशन हुन्छ रे
र्याले काजीको विरासत भँजाएर परराष्ट्रमन्त्री भा’की जुआर राणाले अस्तिका दिन बडो गज्जबको भाषन गरिछन् । किशानको कोटाबाट तनुवा सांसद बनाएकी राणाले भनिछन् बाहिरी देश जाँदा म कत्रो सम्मान पाउछु तर देशमा फर्कदा डिप्रेशन हुन्छ रे । बाहिरी देशका मान्छेलाई मानव बेचविखनको धन्दा चलाउछे, आफ्नै देशका नागरिकलाई शरणार्थी बनाएर माल तान्छे भन्ने कुरा थाहै छैन । थाहा भैदिएको भए वदेशीले जुत्ता हान्थे । हुन त विचरीले वास्तविकता वह पोखेकी हुन् । देशमा यतिबेला नागरिकहरु व्युँझेका छन् । सडकमा ओर्लिएका छन् । ल्याप ल्यापे र्याले चोर देश छोड, जुआर राणा बाइबाई भन्दै नारा लगाइरहेका छ् । दिनैपिच्छे यस्तो सुन्नुपर्दा डिप्रेशन नहुने कुरै भएन । त्यसैले हिजो आज जुआर राणा देश भन्दा देश बाहिर बढी शयर गर्छिन् । उल्फाको धन फूपूको सराद्धे भने झै राज्यको ढुकुटीबाट विदेश शयर गर्न पाएसी’ वातै खलास ।
बैगुनी केटोले धाइफल ठोकेछ

तप्लेजुङ्गको बैगुनी केटो आच्या केवलकार दलाल सगेयो भट्टराईलाई जनताले धोती न टोपी बनाइदिएछन् । जुन थालमा खायो त्यही थालमा आँची गर्नु भट्टराईको विशेषता हो । अनेकौ काण्डमा मुछिएका, ताप्लेजुङ्गबाट चप्पल पड्काउदै काठमाण्डौ गा’का भट्टराईले आफ्नो ज्यान बँचाउन ट्वाइलेट नै प्रयोग गर्नुप¥या छ । वात के हो भने चन्द्रे ढकालसँग मिलेर सात खोका बैना लिएर केवलकार बनाउन मञ्जुरी दे’छन् । स्थानीयले धर्मसँस्कृति मास्न पाइदैन, केवलकार चाहिँदैन भनेर आन्दोलन नै गरे । उल्टै प्रहरी लगाएर गोली हानेर मान्छे मराए । अनि त के चाहिन्थ्यो ? सगेयोको नाम सुन्यो कि त्यहाँका मान्छेको भुत्ला रिसले ठाडो भएर आउँछ । यो सब बुझ्दाबुझ्दै बडो ठालु पल्टिएर वहालवाला पर्यटनमन्त्रीसँगै नाडिएर किन जानु प¥या थियो । तिनै धुन्धुकारीले गर्दा झण्डै झण्डै कञ्चनजंघा हिरक महोत्सव नै भाडिया थियो । धन्न ट्वाइलेटमा थुनेर, कुखुराले चल्लो लुकाएझैँ लुकाएर प्रहरीले भगाइदिएछन् । अब त वैगुनी केटोको आफ्नै थाँतथलो पनि आफ्नो रहेछ ।
भैसी चोर र बैंक फोड
हन यो मुलुकाँ के के हुन लाग्यो हँ ? जो मुखिया उही बाटो हगुवा भन्थे हो रै’छ । अब हेरम न धनुषामा माउवादीका नेताहरु र मोरङ्गमा झालेमालेका नेताहरुले बैंक फोड अभियान नै चलाएका रै’छन् । सांसदको टिकटै पाइसक्या माउृवादीका नेतालाई भैसी चोर्दा चोर्दै धनुषा प्रहरीले झ्याप्प बनाएछ । उता झालेमालेका जिल्ला स्तरीय नेताले बैंक फोडेर किर्तिमान नै
राखेछन् । तिन्लाई नि प्रहरीले झ्याप्प बनाएको छ । हुन त धनुषाका माउवादीका नेताले मुर्रा भैसी भनेर गाउँभरिका भैसी चोर्न थाल्या धरै भा’रैछ । आफ्ना नेतालाई पैसा पठाउन भैसी चो¥या रे । हैट हिजो पनि चोर्ने, कब्जा गर्ने, लुट्ने, थर्काउन गरेका थिए । बानी सुधार्न विचराहरुलाई बहुत गाह«ो भयो ।
सानो तिनोमा आ“खै लाग्दैन
अर्थाेक केही नभएपनि गाँडतन्त्र आएपछि देशमा भ्रष्टाचार र कमिशनको धन्दामा सबैभन्दा बढी विकास भा’छ । अब हेरम न पोखरा विमान स्थल बनाउँदा मुलधारका भनिने गणेहरुले १४ अर्ब भ्याइदिएछन् । मुलधारका गणेहरु अर्बभन्दा तलको रकमलाई रकमै ठान्दैनन् । विदेशी बैंकसँग नेपाली जनतालाई धितोमा राखेर २५ अर्ब ऋण लिएर १४ अर्बचाहिँ भ्याइदिएछन् । विमान स्थल बनाउन किन मरिहत्ते गर्छन् भन्या त गुह्य कुरा त बल्ल थाहा भयो । आवश्यकै नभएको निजगढमा अन्तर्राष्ट्रिय विमान स्थल बनाउनुपर्छ भनेर मुलधारका गणेहरुको भुकाइको रहस्य बल्ल खुल्दैछ । जय होस् गणेहरुको । अब लुटको धन्दा धेरै दिन चल्ला जस्तो छैन ।
मटनकाजीको चुरीफुरी
नेपाली लाउरेसका महामन्त्री मटन काजीको चुरीफुरी हिजोआज निक्कै बढेको छ । दर्जनौ लाउकेहरुलाई अघिपछि लगाएर दौडिएको देख्दा सत्ताको आडमा मटनकाजीले राम्रै आर्जन ग¥या रै’छन् । हुन त बालुवाखानी दोहन देखि बाख्रापालन, भिसी नियुक्तिदेखि खै के खै केमा काजीले राम्रै कुम्ल्याएको जगजाहेर छ । पछिल्लो समय काजीले केपी ओलीको बेडरुम सम्म विचौलया पुग्ने गरेको डंका पिटेका थिए । केही दिन त्यसरी डंका पिटेसी’ हिजोआज सेलाएका छन् । धेरै भनेर किन छुचो हुनु ? विचौलियाको नाममा थर्काएर काजीले राम्रै माल उतारे जस्तो छ । नत्र एकाएक बेडरुमसम्मको विचौलियाको भर्सन हराउने थिएन । पुराना बिग्रेर सडकमा थाक थाक र थुकथुक चलरा’को बेलामा नायाँ समेत धन्दावाल । हुन त जे सिके त्यही गर्ने त हुन् ।
आफन्त सबै विदेशमा
हैन हौ मुलुकाँ के भैरा छ हँ ? गाँडतन्त्र अफापसिद्ध भयो भनेर सडकमा लाखौ जनता चिच्याइरा’छ, गाँडतन्त्र फाल्न कस्सिएका छन् । उता गाँडतन्त्र जोगाउनेका आफन्तहरु ब्रिटेन, अम्रिका, अस्ट्रेलिया, क्यानाडा लगायतका देशमा आलिशान महल किनेर ऐøयासी जीवन विताइरहेका छन् । मकैको ढोडजस्तो राष्ट्रपतिको छोराले ब्रिटेनमा ४ वटा घर खरिद ग¥या छन्, प्रचण्डाउको नातिनी अम्रिकामा घर किनेर बस्या छिन्, खप्रओले कम्बोडियामा आफै व्यवस्था ग¥या छन्, ल्याप ल्यापे काजीको छोराले आफ्नो व्यवस्था विदेशतिरै गरिसकेका छन् । लाउरेस, झालेमाले, माउवादीका आफन्त सबै बाहिरै सेटल । क्या काइदा भा’छ यताको अवैध आर्जन उता बस्ने आफन्तले व्यवस्थापन गर्दिहाल्छन् । अनि फुइøया बन्छ देश ।
चितौनमा खप्रओ मुर्दावाद
पर्धानमन्तरी माने झालेमालेका अध्येक्षे खप्रओ जहाँ जान्छन् त्यहीँ मुर्दावादको नारा लाग्न थाल्या छ । नारा मात्र लागे त हुन्थ्यो नि विचाराको भाषन नै नसुनी उठेर मान्छेहरु चल्दिन्छन् । त्यति साह«ो हेप्ने, टिस हान्ने र औडानै काम त गर्नु भएन गाँठे । विचराले राज्यकोषबाट रकम लिएर पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका मान्छेलाई बसबाट ओसारेको, फ्रिमा मासु भात, रक्सीसँगै पकेट खर्च दिएको गुण त बिर्सिनु भएन नि । त्यति दुःखले व्यवस्था गरेपछि त दाताकै विरुद्धमा खप्रओ मुर्दाबाद भनेर नारा लगाउनु, खप्रओ बोल्दा बाल्दै उठेर हिड्नु् त नमकको सोझो त भएन नि ? खाएपछि धर्म निर्वाह गर्नु पर्दैन ? सिराहामा त्यसै गर्दिए, बुटवलमा त्यसै गर्दिए, दमकमा त्यसै गर्दिए । हैट यो त अति भयो है ।
अन्तेमा
Ïयाउरो चिच्याउन थालेसी असुभ हुन्छ । यतिबेला देशमा घरेलु Ïयारो ज्यादै चिच्याइरहेको छ । कहिले व्यवस्थामाथि प्रहार गर्नेलाई क्षम्य हुँदैन भनेर चिच्याएको छ, कहिले संविधानको दायराभन्दा बाहिर गए कारबाही हुन्छ भन्या छ । बेुलन फुट्दा उच्च स्तरीय छानविन समिति बनाउने तर अन्धाधुन्ध गोली र अश्रुग्याँस हान्ने घटनामा समिति नबनाउने त्यस्ता पांगदुरे पनि घरेलु मन्तरी रे । अब हुटिट्याउले हुटिहुट भनेर आकाशमा चिच्याएर आकाश थामेको भ्रममा नपर्दा हुन्छ । गाँडतन्त्र आच्या लुटतन्त्रको जरा हल्लिसकेको छ । कुन बेला जोडदारले धक्का लाग्ने हो थाहा छैन । जोडदारको धक्का लागेसी गल्र्यामगुर्लुम । बरु समय छँदै आफ्नो् गुन्टा कसेर खुट्टो उचालेर बसे बुद्धिमानी होला । ढल्या दिन कहाँ जुठे कहाँ जुठेकी आमा भइएला है । धण्टाघरको सुझाउ हो माने तिम्र भलाई नमाने लतो न कन्याई ।

तपाईको प्रतिक्रिया