खोटाङमा तुलसी–मन प्रतिष्ठान भवन उद्घाटन

धरान । जीवन पर्यन्त समाजसेवा, साहित्य लेखन, राजनीति, पत्रकारितामा समर्पित अथक व्यक्तित्व खोटाङका तुलसी प्रसाद रेग्मी र उहाँकी धर्मपत्नी मनकुमारी रेग्मीको योदानको कदर गर्दै तुलसी–मन प्रतिष्ठान भवन निर्माणसँगै वैसाख ८ गते उद्घाटन गरिएको छ । खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ४ को मार्सेको बतासेमा निर्माण गरिएको भवनको वैसाख ८ गते एक विशेष समारोहबीच उद्घाटन गरिएको हो । तुलसी–मन प्रतिष्ठानका अध्यक्ष नरेन्द्रराज रेग्मी र नेपाली काँग्रेस खोटाङका जिल्ला सभापति विष्णुकुमार राईको प्रमुख आतिथ्य तथा कौशिकी गोत्रीय समाज काठमाण्डौका अध्यक्ष भोजराज रेग्मी, पूर्व जिल्ला न्यायाधीश खिलाराज रेग्मी, राजनीतिककर्मी दिलिप राई लगायतले संयुक्त रुपमा शिलालेखको व्यानर खोलेर उद्घाटन गर्नुभएको थियो ।


तुलसी प्रसाद रेग्मीको २०८१ फागुन २७ गते निधन भएको थियो । सो अवसरमा स्वर्गीय आत्माको गोलोकको कामना गर्दै मौन धारणा समेत गरिएको थियो । सो अवसरमा स्थानीय डम्बर खड्का, बबिन्द्र राई, भुपेन्द्र बस्नेत, खिलानाथ रेग्मी, केशव पौड्याल, दिलिप राई, भोजराज रेग्मी, नइन्द्र राई, नारायणप्रसाद रेग्मी, चर्च बहादुर विश्वकर्मा लगायतले स्व. तुलसी प्रसाद
रेग्मीको निधनले खोटाङ जिल्लालाई मात्र नभएर मुलुकलाई नै अपुरणीय क्षति पुगेको बताउनु भएको थियो । उहाँको विचार र योगदानको कदर गर्दै आगामी दिनमा उहाँका अधूरा काम पूरा गर्न प्रतिष्ठान लाग्नुपर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष नगेन्दराज रेग्मीले स्व. तुलसीप्रसाद रेग्मीका योगदानको लामो फेहरिस्त प्रस्तुत गर्नुभएको थियो । उहाँले छोटो समयमा काठमाण्डौदेखि आउनु भएका रेग्मी बन्धु, अतिथि, समाजसेवी, राजनीतिककर्मी सबैप्रति आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन कृष्ण बहादु्र श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन प्रतिष्ठानका सदस्य रमेशप्रसाद रेग्मीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया