गोविन्द बस्नेत
धरान/ वर्षको एक सिजनमात्रै हुादै आएको र्याफटिङ वर्षै दिन संचालन गर्न अध्ययन गरिएको छ । ताप्लेजुङको दोभान कावेली देखि धनकुटाको मुलघाट हुादै सुनसरीको चतरा सम्मको जलयात्रा मंसिर देखि जेठको दोस्रो साता सम्मलाई सिजन मानिन्छ । असार देखि भदौ सम्मलाई चै वर्षा हुने भएकाले अपसिजन भनिन्छ । पछिल्लो समय जलयात्रामा रमाउनेहरुको संख्यामा वृद्धि हुन थाले पछि वर्षै दिन जलयात्राको सम्भावनाहरुको खोजि हुन थालेको छ । धरानस्थित तमोर रिभर एडभेन्चर प्रालिले भने यही बर्षातको समयलाई ख्याल गर्दै सप्तकोशी नदीमा अफ सिजन अर्थात मनसुन ऱ्याफ्टिङ शुरुवात गरेको छ ।
साहसिक पर्यटन आबद्ध संस्थाहरुको टिम एक्स्टूीम धरानसाग सहकार्य गरेर ‘हाई वाटर’ ऱ्याफ्टिङको सम्भाव्यता अध्ययन र परीक्षण
गरिएको छ । अध्ययनबाट वर्खाको समयमा पनि सप्तकोशीमा रयाफटिङ गर्न सकिने पाईएको एक्स्ट्रीमका अध्यक्ष लेखमणी जिमीले बताउनुभयो ।
हाई रिभर र्याफटिङका लागि
चतराघाट देखि राजाबास प्रकाशपुर सम्मको १४ किलोमिटर जलयात्रा ३ घण्टामा पुरा गर्न सकिन्छ । तमोर रिभर एडभेञ्चर प्रालिले आन्तरिक र विदेशी दुवै पर्यटकलाई लक्षित गरी व्यवसायिक जलयात्रा एक सिजनमात्रै संचालन गर्दै आएको छ । हाल संचालनमा आईरहेको तमोरघाट देखि चतरा सम्मको जलयात्रा मंसिर देखि जेठ दोस्रो हप्ता सम्म मात्रै हुने गर्दछ । सप्तकोशीमा हाई वाटर जलयात्रा संचालन गर्न सके अन्तराष्टिूय जलयात्रीलाई भित्र्याउन सकिने प्रालिका संचालक मदन ढकालको भनाई छ ।
सप्तकोशीको चतराघाटदेखि कोशीटप्पु वन्यजन्तु आरक्षसम्मको एक दिने प्याकेज र कोशी ब्यारेजसम्मको एक रात दुई दिनको प्याकेज तयार गरेको छ । एक दिनको प्याकेजलाई दुई हजार ५ सय र एक रात दूई दिनको प्याकेजलाई ५ हजार रुपैया शुल्क तोकिएको छ । सप्तकोशीको जलयात्रामा स्वीमिङको मज्जा लिदै वन्यजन्तु आरक्षणको दुश्यावलोकन गर्दै मनोरञ्जन लिन सकिने छ ।
