उठ्ने भयो टुटुल्को
दुई जिब्रे बाउराम बाजेको
कुरा बुझ्न हिजो आज घण्टाघरलाई धौ–धौ पर्न थालेको छ । कहिले जनजातिलाई एक दुई लाख मानिस सडकमा उतार्नुस् भन्छन्, कहिले धर्मनिरपेक्षता अपरिवर्तनीय भन्छन, कहिलसे मृत्यु पत्रमा हस्ताक्षर गर्दिन भन्छन् । हैन हौ यिन्का बोलिको त टुंगै हुन छाड्यो हा ? अब हेरौ न विदेशीको माल पचाउन धर्म निरपेक्ष भन्ने अनि अर्कातिर आÏना घरमा पुराण लगाउने, बाबु आमालाई मनकामना दर्शन गर्न लौजाने । के नाटक गर्या होलान यिन्ले । जन्ताबाट आएका सुझाउहरुलाई सबै संविधानमा समेट्न सकिदैन भनेर अस्तिका दिन यी बुरुक–बुरुक उफ्रेछन् । किन उफ्रेका होलान् ? जनताको सुझाउ नै नसमेट्ने हो भने भुत्रो खान सुझाउ संकलन गर्या ? सुझाउ संकलन
गर्न राज्येको डेढ अर्ब रुपैये स्वाहा भयो । सुझाउ संकलनको नाटक नगर्या भे त्यति विधि पैसो त जोगिन्थ्यो । जन्ताका सुझाउ संकलन नगरे अब कति नेताको टाउकामा टुटुल्को उठ्ने हो कुन्नि ? भोलिपर्सी हेरौला ।
निन्द्रा गायव
भारतले सÏटवेयरमा आकाश छोयो, चीनले हार्डवेयरमा धर्ती ढाक्यो तर हाम्रा नेताहरु सात सालदेखि अण्डरवेयर तान्या–तान्यै छन् । यति लामो समयदेखि अन्डरवेयर तान्नुको रहस्यचाहिा हाम्रा सामान्य प्रशासनमन्त्री लालबाबुले राम्रैसाग खोतलेछन् । जिन्गीभरि यतातिर धुतधात गर्यो लास्टाा विदेश गएर मोज गर्यो । माने उही ग्रिन हार्ड, पिआरधारी । अस्तिका दिनदेखि त्यस्ता कर्मचारीको न्वारन देखिको जन्मकुण्डली लालबाबुले उधिनेर हेर्न थालेपछि अन्तमात्र हैन वाल्वाटाराा नि १०
रेक्टरको भुइाचालो गा’छ रे । वाल्वाटारको किचेन क्याविनेटमा काम गर्नेहरु सबै पिआरधारी भएसी भइचालो गारे । त्यहाका सबै नन्दीभृागीहरु यतिबेला सुशिल बालाई हारगुहार गरिरा छन् रे । पिआरधारीहरुको राति निन्द्रामा पनि लालबाबुकै छायाा आउन थालेसी भटाभट जागिरबाट राजीनामा दिन थाल्या छन् रे ।
योग्यता तोक्नुपर्छ
नयाा बन्ने संविधानले औठा छाप राजनीतिकर्मीहरुको पेशा नै धरापमा पर्ला जस्तो भयो । जन्ताले नि चाहिादा नचाहिादा कुरा सुझाउ दिएर औाठा छापे राजनीतिकर्मीहरुलाई कम्ता टेन्सन द्या छैनन् । हाम्रा नेताहरुले त्यत्रो निर्णय गर्या जन्तालाई थाहै
रैनछ । खलासी हुन्, ड्राइभर हुन्, पियन हुन योग्यता चाहिन्छ । राजनीति गर्न पढ्नु नपर्ने भएकैले देशमा यतिधेरै नेता छन् । नेता बन्न पढ्नुपर्ने भा’भे यतिविधि नेतै हुन्थेनन् । जन्ताले खै कुरा बुझ्या ? घण्टाघरको पनि राय छ नेता हुन अब संविधानमै पढ्नु नपर्ने व्यवस्था होस् । कमसेकम सबैले गरी खान पाउनुपर्छ । जय होस् औठाछाप । कि कसो हौ ?
सबै कुरा फेरम
गणतन्त्र आ’ यतिका बर्ष भइसक्यो तर नेपालाा केही फेरिएको छैन । कोही राष्ट्रिय जनावर गाइ फेरौ भन्छन्, कोही राष्ट्रिय चरो फेरम भन्छन्, कोही राष्ट्रिय फूल फेरम भन्छन्, कोही राष्ट्रिय झण्डा फेरम भन्छन्, देशकै नाम फेरम भन्छन् । घण्टाघरलाई पनि अहिलेसम्म केही नभएसी भएका
कुराहरुको नाम फेरेर भए नि जन्तालाई परिवर्तनको आभाष दिनुपर्छ भन्ने लाग्या छन् । अब सबै कुरा फेर्ने भएसी नेताको नाम, तिनका स्वास्नीका नाम, छोराछोरी, भान्जी, खोलानाला, पहाड, हिमाल, वन जंगल, सहर सबैका नाम फेरम । प्रचण्डको नाम तोडफोड, शुशिल दा’को नाम ल्यांग्रो, शेरबहादुरको नाम भकभके, रामचन्द्रको नाम तेस्रो लिागी, झलनाथ खनालको नाम झल्लाझलु, केपी ओलीको नाम पर्परे आदि राखम् । त्यसपछि जनावर, खोला नाला सबैको नाम
फेरम । यति भे’सी त नयाा नेपाल स्वत: बनिहाल्यो नि ।
भ्रष्टको दिन फर्के
जे होस् नेपालमा अब भ्रष्टहरुको दिन फर्केला जस्तो छ । आखिरी राणा शासन, पञ्चायत, प्रजातन्त्र भन्दा गणतन्त्र उत्कृष्ट व्यवस्था त्यसै भन्या हैन रै’छ , हिजोका हत्यारा, चोर, डाका, भ्रष्टहरु यतिबेला धमाधम छुट्न थाल्या छन् । छुट्दा पनि सितिमिति हो र ?
रातो कार्पेट ओछ्याएर, फूलमाला पहिर्याएर, अविर जात्रा गरेर छोड्न थालेसी’ गणतन्त्र उत्कृष्ट व्यवस्था
भएन ? अब हेरौ न पञ्चायतकालमै खानेपानीको लेखापाल हुादा टन्न
डकारेका रा’न । त्यसैला आफूमाथि लागेको आरोपबाट सफाइ पाउन राजालाई सम्म गुहारे छन् । तर कुनै लछारपाटो लागेन अहिले आएर हिजो डकारेको असुल्न अख्तियारले झ्याम्मै बनाएछ । अदालतले नि जेल ठोक्दे छ । बाहिरभित्र सबैतिर त्यसरी गन्हाएको मान्छेलाई हाम्रा बेकामे
राष्ट्रपतिले आम आफी दे’छन् । अब जेलमा भएका सबै छुट्ने भए हाम्रा
राष्ट्रपति जो छन् । कि कसो हौ ?
विचित्र विदेशतिर
मुलुकाा बाढी पहिरोले मान्छे सिनित्त भइरहेका छन्, संविधान लेखनमा कुरा मिल्ला मिल्ला जस्तो भा’थ्यो फेरि चिथोरा चिथोर शुरु भएको छ, धर्म र जातका नाममा सडकमा आगो बाल्न थाल्या छ, केही भुइाफुट्टाहरु देशै टुत्र्याउछु भन्दै फालाक्न थाल्या छन् । यस्तो बेलामा शिक्षामन्त्री विचित्र जादव हनिमुन मनाउन मलेसिया तिर गाकी छन् । कसलाई के को धन्दा, कस्लाई के को धन्दा घर ज्वाइलाई घिच्नकै धन्दा भनेझै अक्टोपसले झौ अकुत सोहोर्ने बानी परेकी विचित्र लेखालाई यहाा जस्तोसुकै संकट होस् यी विचित्रलाई बाल मतलब ? सरुवा, बढुवा, नियुक्ति, सम्बन्धन लगायतका कुरामा लोग्ने र छोरीलाई पसल थाप्न लगाइ माल झार्ने बानी परेकी विचित्र जस्ता यो देशाा मन्त्री भएसी बातै खलास ।
धर्मको व्यापार
नेप्लीज कााग्रेसका नेता खुमबहादुर खडकाले भन्या चार दलका चारजना नेताले धर्मको व्यापार गदैछन् रे । होला पनि खुमबहादुरले बोलेसी नपत्याउ भने पनि भएन , पहिला धर्म निरपेक्षता राखे । देशैभरि विरोध भएसि अहिले धर्म स्वतन्त्रता संविधानको मस्यौदामा राख्ने सहमति गर्या छन् रे । हैन हौ यी नेताहरुलाई जनतालाई किन
यसरी उल्लु बनाउन खोज्या
होलान् ? धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रतामा के फरक छ कुन्नि ? काले कामी र कामी हाले भनेजस्तै हो रे खुमबहादुरले भन्या । हिन्दु धर्मलाई बिक्री गर्न नेताहरुले अग्रिम एड्भान्स समेत लिइसकेका छन्
रे । होला पनि माल खान यिन्ले कुनै कसर बााकी राख्दैनन् भन्ने कुरा त सप्पैलाई थाहा छ ।
अन्तेमा
अस्तिका दिन हाम्रा पर्धानमन्तरी सुशिल दा’ले सुजु जोष्ठलाई भारी पुग्ने गरी हप्काइ दे’छन् । बुझ्नु न सुझ्नु हरेक कुरामा ट्याउा–ट्याा
गरेर बोल्ने सुजु सुशिल दा’को हप्काइपछि ओथारो बसेको कुखुरा झो भैछिन् । आखिरी सुशिल दा’ले सुजु जोष्टलाई त्यसरी अनुहारै अमिले हुने गरी किन हप्काएक होलान् भन्या त कुरो त अर्को पो रै’छ । अब बन्ने संविधानमा वहुलवाद राख्नुपर्छ भनेर सुशिल दा’लगायत कााग्रेसका सबै सभासद एक मत हुादा सुजुचाहिा माउवादीको एजेन्डा समाजवाद नै हनुुपर्छ भनेर बोलिछन् । अनि सुशिल दा’को कन्पारो तात्दैन ? वहुलवाद कााग्रेसको आत्मा हो, ढुकढुकी हो भनेर दा’ले सुजु जोष्ठलाई
फड्कारेका रै’छन् ।
