धरान । रक्तदान जीवन दान ै भन्ने नाराका साथ ब्रहमकुमारी राजयोग सेवा केन्द्र समाज सेवा प्रभाग धरानद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी
धरान सुनसरीको सहकार्यमा ८९ औं त्रिमूर्ति महाशिव रात्रीका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

शुक्रबार विहान ८ बजेदेखि १२ बजेसम्म आयोजित रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको आयोजक ब्रहमकुमारी राजयोग सेवा केन्द्रका बहनजीहरु, केन्द्रसँग आवद्ध व्यक्तित्वहरु, विभन्नि सामाजिक संघ संस्थाका प्रतिनिधिहरु लगायतले रक्तदान गरेका थिए । संकलित रगत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेडक्रसद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रलाई उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।
