राजसंस्था पुनस्र्थापना : लोकतन्त्रको अपहरण होइन

राजा ज्ञानेन्द्र शाहले फागुन ७ गते देशबासीका नाममा जारी गरेको वक्तव्य अर्थात देशबासीका नाममा दिएको सन्देशले प्रजातन्त्रको नाममा राजनीति रोटी सेक्दै आएकाहरु छट्पटाहटमा परेका छन् । राजाको सम्बोधन अत्यन्तै समसामयिक, वस्तुपरक, यथार्थ र सत्यमा आधारित मर्मस्पर्शी रहेको छ । वाह्य प्रभाव र आर्थिक प्रलोभनमा नेपाली जनताको टाउको भँजाएर खान पल्केकाहरुले २०६२÷०६३ को कथित जनआन्दोलनको आवरणमा जनचाहना विपरीत राजसंस्था हँटाउने घृणास्पद कार्य गरेका थिए । त्यसै समयदेखि मुलुक अद्योगतितर्फ धकेलियो । जनता र मुलुकको समृद्धि भन्दा ठूलो केही होइन भन्दै राजा ज्ञानेन्द्र शाहले आफ्नो पिता पूर्खाले आर्जेको ११ पुस्ता देखिको सम्पूर्ण वर्चस्व हाँसीहासी छोडेर नारायणहिटी दरबार बहिर्गमन भए । जनता भड्काउन हालको कथित राजनैतिक पार्टीका नेताहरुले दरबारलाई सेतो हात्तीको संज्ञा दिए, राजसंस्थालाई सामन्तवादको प्रतिक भने, राजनीतिक पार्टीहरु आफ्नो नीजि स्वार्थले मिल्न नसक्दा दरबारले षड्यन्त्र गरेर फुटायो भन्ने जस्ता घृणित आरोप लगाए । दलका नेताहरुले लगाएको आरोप आज आएर पूर्ण रुपमा गलत साबित भएको छ । व्यवस्था परिवर्तन भए पनि त्यसपछिका दिन कहालीलाग्दो बन्दै गयो । वास्तवमा भन्ने हो भने गणतन्त्र नेपाली जनताका लागि गलपासो भएको छ । आफ्नै मुलुकमा बाँच्ने आधार नभएपछि हजारौ युवा युवतीहरुले मुलुकको नागरिकता नै त्यागेर पलायन भएका छन् । लाखौ बलिन्द्रधारा आँशु झार्दै घर परिवारको लालनपालनका लागि खाँडी लगायतका मुलुकमा श्रम बेचिरहेका छन् । यसै दौरान कसैको मृत्यु भएको छ, दैनिक त्रिभुवन विमान स्थलमा बाकसमा युवाहरुको शव आइपुग्छ । यो सब गणतन्त्रले दिएको उपहार हो । जब व्यवस्था परिवर्तनले नागरिकको जीवनमा परिवर्तन ल्याउन सक्दैन तव त्यसलाई राख्नुको सट्टा फाल्नु नै बेस । गणतन्त्र नेपाली जनताका लागि अहिले वास्तवमै अफापसिद्ध भएको छ । एउटा राजाको बहिर्गमनसँगै सयौ धुन्धुकारी नव राजाहरुको हालीमुहाली चलेको छ । राज्यको स्रोत साधनमाथि लुट मच्चाएका छन्, राज्यका सार्वजनिक सम्पत्तिमाथि कब्जा जमाएका छन् । नेपाली जनताले गणतन्त्रको यस्तो कहालीलाग्दो, डरलाग्दो र विभत्स रुप होला भन्ने कल्पनासम्म गरेका थिएनन् । त्यसैले राजा ज्ञानेन्द्र शाहले भनेझै अब राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति जोगाउने समय आएको छ । एउटा परिवारको उत्थानको लागि गणतन्त्रलाई राख्नुको औचित्य अब समाप्त भइसकेको छ । यतिबेला सत्तामा बस्न, विगतमा सत्तामा बसेका, जनता झुक्याएर कथित सांसद बनेका, लाभका पदमा बसकाहरुले एउटा स्याल हुइøयाँ मच्चाउन थाल्या छन् । लोकतन्त्रको विकल्प खोज्नु संकट निम्त्याउनुु हो रे । नेपाली जनताले लोकतन्त्रको विकल्प खोजेकै छैनन् । राजाको सम्बोधनमा समेत लाकतन्त्रको विकल्प खोज्न कहीँ कतै आवहान गरिएको छैन । यो हदसम्मको झुठको खेति गर्न छोटे राजाहरु सबल्लाइ सकेका छन् । आज राजसंस्था भएको मुलुक जापान, स्पेन, बेलायत, भुटान, सिंगापुर, अरब इमिरेट्स लगायतका दर्जनौ मलुकमा राजा भएपनि प्रजातन्त्र फलेको छ, फुलेको छ । त्यहाँका नागरिक खुशी छन्, समृद्ध छन् । ती सबै देशमा नागरिकले सुरक्षित महसुस गरेका छन्, कानुनको अक्षरस पालना भएको छ , नेपालको जस्तो एकथरि व्यक्ति मोटाउने, आजीवन सत्तामा बसेर प्रदुषण फैल्याउने काम भएको छैन । तसर्थ नेपालमा राजसंस्थाको अपरिहार्यता छ ।

तपाईको प्रतिक्रिया