पाथीभरा : राज्य शक्तिको दुरुपयोग

काÏलेपार्टी (ताप्लेजुङ) । ताप्लेजुङको पाथीभरा क्षेत्र (मुक्मुलुङ) यतिबेला अशान्त रहेको छ । हिन्दु, बौद्ध, किराँत लगायतका धर्मालम्बीहरुको पवित्र धार्मिक स्थल नेपालका कुख्यात व्यापारी चन्द्र ढकालले केवल कार निर्माण शुरु गरेपछि उक्त क्षेत्रमा केवलकार निर्माण हुुनुहुँदैन भन्ने आवाज उठाउँदै नो केवलकार समूहले आन्दोलन गर्दै आएको छ ।
्जनचाहना विपरीत एउटा कुख्यात व्यावसायीको पक्षमा राज्य शक्तिको चरम दुरुपयोग हुँदा हालम्म भएका दोहोरो झडपमा दर्जनौ आन्दोलनकारी र प्रहरी घाइते भइसकेका छन् । शनिवार नो केवलकार समूह र प्रहरी बीचमा फुङलिङ नगरपालिकाको वीरेन्द्रचौकमा भएको झडपमा एघार ११ जना प्रहरी र १२ जना प्रर्दशनकारी घाइते भएका छन् । त्यसभन्दा अगाडि प िकाफ्लेपार्टीमा भएको झडपमा तीन जना प्रदर्शनकारीहरुलाई गोली लागेको थियो ।

शनिवारको झडपमा घाइते भएका एकजना प्रहरी र तीनजना प्रदर्शनकारीको अवस्था चिन्ताजनक भएकोले उनीहरुलाई थप उपचारका लाग जिल्ला बाहिर लगिएको छ भने अन्यका ताप्लेजुङ जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।प्रशानले हाल फुङलिङ नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ भने १५ जना प्रदर्शनकारीहरुलार्य पक्राउ गरेको छ । जिल प्रहरी कार्याल्यले सोमबार एक विज्ञप्ती प्रकाशित गरी आपराधिक उपद्रो र हुलदंगा मच्चाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको जजनाएको छ । पक्राउ पर्नेमा चार जना महिला समेत रहेका छन् । जिल्ला प्रही कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, मुलुकी अपराध संहिता २०७४ को दफा ६३ बमोजिम हुलदंगा गर्न नहुने र उक्त संहिताको दफा २८५ बमोजम आराधिक उपद्रो गर्न नहुने कसुरमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ का दफा १४ बमोजिम जिल्ला अदालतबाट सातदिनको अनुमति लिएर अनुसन्धान अगाडि बढाइएको छ ।

तपाईको प्रतिक्रिया