धरान । नेपाल रेडक्रस सोसइटी सुनसरीले मानवीय सेवासँगै सञ्चालन गरेको रक्त सञ्चार सेवा प्रभावकारी बन्दै गएको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरी ५० औ जिल्ला सभाका अवसरमा रेडक्रसले मानवीय सेवामा समर्पित रही सञालन गरेको रक्त संचार सेवा प्रभावकारी बन्दै गएको बताइएको थियो । न्ेपाल रेडक्रस सोसाइटीले विपत्तमा परेकाहरुलाई आर्थिक लगायत मानवीय सेवा प्रदान गर्दै आएको छ । बाढी पहिरो, भुकम्प लगायतका दैवी प्रकोपमा उद्धार, आर्थिक सहयोग तथा मानवीय सेवा गर्दै आएको छ । त्यो भन्दा पनि रगतको अभावमा कसैले अकालमा मर्न नपरोस् भन्ने अभिप्रायले सञ्चालन गरेको रक्त सञ्चार सेवाले मानव स्वास्थ्यका लागि महत्वपूर्ण काम गरेको सो अवसरमा जनाइएको थियो ।


सो अवसरमा बोल्दै कोशी प्रदेशका सांसद यसोदा कायस्थले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा धेरै लगानी गरेको बताउदै स्थानीय स्तरमा बालबालिकालाई खोप केन्द्र लगायतमा बजेट छुट्याएको बताउनुभयो । उहाँले मानवीय सेवामा समर्पित रेडक्रसलाई हरेक किसिमका सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । सो अवसरमा बोल्दै नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष बासुदेव गौतमले अहिले नेपाल रेडक्रस सोसाइटी सुनसरीले ११७ स्थानबाट बार्षिक ४ लाख पिण्ट रगत संकलन गर्दै आएको बताउदै निजी अस्पताल होस् या सरकारी अस्पताल होस् यस्ता अस्पतालमा रगतको अभाव हुन नदिएको उहाँले बताउनुभयो । धरान १ रेडक्रसकै प्रांगरणमा सम्पन्न ५० जिल्ला सभामा बोल्दै सुनसरीका सभापति उमेश थापाले मानवीय सेवामा समर्पित रेडक्रसमा विगतदेखि नै केन्द्रमा विवाद चुलिएको बताउदै यो विवाद समाधानमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । पदाधिकारीको विषयमा चुलिएको विवाद समाधानमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्रांगरणमा सम्पन्न कार्यक्रममा बढी भन्दा बढी रगत संकलन गर्ने संस्था, व्यक्ति, रेडक्रसलाई सहयोग पु¥याउनेहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । सो अवसरमा सेवामा समर्पित संस्थामा विवाद आउनु राम्रो नभएकोले विवाद समाधान गर्न वक्ताहरुले सुझाव दिएका थिए ।
