धरान ४ मा ढुंगे कला क्याम्प धमाधम सञ्चालन हुदै

धरान । खासगरि सबै ठाउँमा मृत्युपश्चात यसको योगदानलाई कदर गर्दै शालिक निर्माण गर्ने गरिएको छ । तर धरानमा भने समाज, राष्ट्रमा योगदान पु¥याउने व्यक्तित्वलाई जुगौ जुग सम्झन सकियोस् भन्ने अभिप्रायले जीवित रहँदै शालिक निर्माण गरिएको छ । ढुंगे कलापार्क बनाउन कला क्याम्प समेत शुरु गरिएको छ । धरानको पर्यटन पर्वद्र्धनलाई मलजल गर्न अन्य कुरा जस्तै कलाक्षेत्रमा समेत श्रमदानलाई अगाडि बढाइएको हो । कलाकारहरुले श्रमदानबाटै देश तथा समाजमा योगदान पु¥याउनेहरुको जीवितिै रहँदै शालिक निर्माण गर्ने काम शुरु गरिएको हो । वडा नं ४ कार्यालयको आयोजना र रोजन आर्ट स्टुडियोको कला संयोजनमा कला क्याम्प आयोजना गरी नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ, नेपालका चर्चित वैज्ञानिक डा.महावीर पुन लगायतका दिग्गज व्यक्तित्वहरको शालिक निर्माण शुरु गरिएको हो ।


खैरेनीटारस्थित वडाको संरक्षणमा रहेको जग्गामा पुर्वको विभिन्न स्थानका एक दर्जन बढी कलाकारहरुले ढुंगामा आफ्नो कला प्रस्तुत गरिरहेका छन् । सो क्याम्पसको उद्घाटन एक महिना अगाडि धरान उपमहनगरपालिकाका मेयर हर्कराज राईले गर्नुभएको थियो । त्यतिबेला कलाकार ध्रुवकुमार राईले ढुंगामा तयार गरेको नेपालको चुच्चे नक्सा र राष्ट्रिय गानको अनावरण गर्दै क्याम्पको उदटन गरिएको थियो । कला संयोजक रोजन आर्ट स्टुडियोका संस्थापक कलाकार रोजन राईले विगत दुई बर्षदेखि धरानलाई केन्द्रित गर्दै कलामा उतार्न थालिएको बताउनुभयो । श्रमसंस्कृति पार्कमा निर्र्माण भएका शालिक, स्तम्भमा समेत काम गरिसक्नु भएका कलाकार राईले कला क्षेत्रबाट पनि धरानलाई पर्यटकीय गन्तव्य बनाउन सकियोस् भन्ने अभिप्रायले धरान ४ खरैनीमा ढुंगेकला पार्क निर्माण शुरु गरिएको बताउनुभयो । भारतमा कला सम्बन्धी मार्टस गरिसक्नु भएका स्टक्चर इन्जिनियर डम्बर लिम्बुले भारतमा समेत ढुगाबाट विभिन्न आकृति चित्रण गरिएको बताउदै नेपालमा पनि यस्तै प्रकारका आकृतिहरुको चित्रण गर्न सकिएको खण्डमा पर्यटकलाई धेरै भन्दा धैरै भित्र्याउन सकिने बताउनु भयो । भारतमा रहेको स्र्टनघाट, वेस्टर्न घाट, आरोवली पर्वत, ताजमहल लगायतका चार सय बर्ष अगाडिका ढुगे कलाआकृति देखेपछि नेपालमा पनि बनाउन सकिन्छ भन्ने कन्सेफ बनाइरहेको बेला धरान ४ मा यस्तो खालको कन्सेप आएपछि काम गर्न शुरु गरेको बताउनुभयो । यहाँ बनाएका कला आकृतिको संरक्षण गर्न सकिएको खण्डमा ढुंगे पार्ककौ मात्र हैन धरानकै सम्रग पर्यटन क्षेत्रको विकास हुने उहाँले बताउनुभयो । कलाकारले श्रममार्फत नै कला आकृति कोर्ने भएकोले कलाकारहरुलाई खाने, बस्ने र इन्टरनेटको व्यवस्थापन गरेको साथै टाढाबाट आउने कलाकारहरुलाई यातायात खर्च पनि दिइने गरेको कला क्याम्पको संयोजक वडा ४ का अध्यक्ष धनबहादुर राई बताउनुभयो । उहाँले नेपालमा धेरै राम्रो काम गर्ने व्यक्तिको मृत्यु पश्चातमात्र शालिक बन्ने प्रचलन भएकोले जीवितै रहँदै शालिक बनाएर नयाँ कामको थालनी गरिएकौ बताउनुभयो । उहाँले यो पार्क निर्माण सम्पन्न पश्चात पर्यटक आगमनमा वृद्धि हुने अपैक्षा समेत राख्नुभयो । धरानलाई धार्मिक तथा शाहसिक खेल पर्यटनको रुपमा चिनिदै आएको छ । यो पार्क निर्माण पश्चात धरानलाई सुन्दर पार्कहरुको सहर बनाउन र पर्यटन विकासमा ढुंगे कला पार्कले पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पु¥याउने जनाइएको छ ।

तपाईको प्रतिक्रिया