धरानको महिला तथा पुरुषकोे उपाधि केन्यालीलाई

धरान । १३ र्औ सस्करणको नेवा च्यारिटी धरान १० के रनको उपाधि केन्याली धावक–धाविक वील्लियम चेउलीयोट र शरन जेरोटिचले हात पारेका छन् । धरान रन समूहको आयोजनामा शनिबार धरानमा सम्पन्न रनमा निर्धारित १० किलोमिटरको दुरी खुल्ला पुरुषतर्फ वील्लियमले ३० मिनेट ५५ सेकेण्डमा पूरा गरेका थिए भने महिलातर्फ शरनले ३८ मिनेट ४२ सेकेण्डमा पूरा गरिन् ।

विजेता हुदे उनीहरुले जनही नगद ६० हजार रुपैयासहित मेडल हात पारे । यस्तै, पुरुषतर्फ दोस्रो बनेका केन्याकै जुलियस मरिउकी निर्धारित दुरी ३१ मिनेट ८ सेकेण्डमा पूरा गरे भने तेस्रो बनेका जुम्लाका दुर्गा बहादुर बुढाले ३२ मिनेट ४४ सेकेण्डमा दौड पूरा गरे । यस्तै, महिलातर्फ दोस्रो बनेकी विभागीय नेपाल पुलिसकी सुमित्रा कुमारी चौधरीले निर्धारित दुरी ३९ मिनेट २८ सेकेण्डमा पूरा गरिन् भने तेस्रो बनेकी विभागिय एपीएफकी दिपा परियारले ३९ मिनेट ५९ सेकेण्डमा दौड पूरा गरिन् । प्रतियोगिताको खुल्ला पुरुष तथा महिलातर्फका दोस्रो र तेस्रो बनेका उनीहरुले जनही नगद ४० हजार र ३० हजार रुपैयासहित मेडल हात पारेका थिए । उनीहरुलाई शसस्त्र प्रहरी बलका पूर्वआइजीपी दोर्ज कुमार राई, धरान रन समुहका अध्यक्ष रोमु राईलगायतले मेडल तथा पुरस्कार वितरण गरेका थिए । यस्तै, अन्डर–१२, अण्डर–१६, भेट्रानलगायत विभिन्न उमेर समुहमा समेत प्रतियोगिता गराइएको थियो । धरान रन समुहले च्यारिटी रनबाट उठेको रकम सामाजिक सेवामा खर्चिर्दै आएको छ । प्रतियोगितामा स्वदेश तथा विदेशबाट आएका करिब ४ हजार बढी घावक–धाविकाहरु सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया