अपांग तथा असहाय केन्द्रमा पुगे महावीर पुन

धरान । बीरगञ्जस्थित बन्द रहेको कृषि औजार कारखानाको पुन : सञ्चालनका लागि पुस्तक विक्रीका लागि देश दौडाहामा निस्किनु भएका नेपालका चर्चित वैज्ञानिक महावीर पुनले धरानमा पुनले पुस्तक वितरण अभियानलाई तिब्रता दिनुभएको छ । अभियानकै क्रममा पुन धरान १९ स्थित रहेको अपांंग तथा असहाय केन्द्रमा पुग्नु भई देशको अहिलेको विषम परिस्थितिको तीतो यथार्थ पोख्नुभयो । पुनले आफ्ना्े कथामा आधारित महावीर पुन (सम्झना, सपना र अविरल यात्रा) नामक पुस्तक विक्री अभियानलाई धरानमा अगाडि बढाउने क्रममा केन्द्रमा पुग्नु भएको हो । सो अवसरमा उहाँले केन्द्रमा रहेका अपांग तथा सहायहरुलाई भेटघाट गर्नुभएको छ । भेटघाटपछि उहाँले सरकारले युवालाई देशमै स्वरोजगार प्रदान गर्न नसक्दा युवाहरु विदेसिनु परेको तीतो यथार्थ पोख्नुभयो । उहाँले नेपाल सरकारबाट सञ्चालित उद्योगधन्दाहरु बन्द हुनु, नीजि क्षेत्रका उद्योगहरु समेत धारासायी बन्दा पनि राज्यका तर्फबाट युवाई स्वरोजगार प्रदान गर्ने खालका कार्यक्रम ल्याउन नसक्दा युवाहरु विदेश पलायन हुने क्रम बढ्दै गएको बताउनुभयो ।

आविस्कार केन्द्रका प्राविधिक क्षेत्रमा ठूलो योगदान पु¥याउदै आएको वीरगञ्जको कृषि औजार कारखाना सञ्चालनमा सरकारले बजेट निकासा नगर्दाको परिणाम आफूले पुस्तक बेच्ने अभियानलाई तिब्रता दिनुपरेको बताउनुभयो । सो अवसरमा उहाँको अभियानको प्रशंसा गर्दै केन्द्रकी अध्यक्ष डम्बरकुमारी मास्केले केन्द्रमा रहेका अपांग तथा असहायहरुलाई समय समयमा स्वरोजगारमूलक तालिम प्रदान गर्दै आएको बताउदै अपांग तथा असहायका लागि पनि डा. पुनले स्वरोजगार कार्यक्रममा केही सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा राखेको बताउनुभयो । उहाँले यस केन्दका अपाग तथा असहायकरुलाई लक्षित गरी टपरी बनाउने मेशिन उपलब्ध गराइदिन डा. पुनलाई आग्रह गर्नुभयो । पुन अहिले ४० जिल्लामा पुस्तक विक्री गरिसकेपछि सुनसरीको धरानमा आएर पुस्तक विक्री अभियानमा जुट्नु भएको हो ।े किताब बेचेरै २० करोड रुपैया संंकलन गर्ने र विक्री गरेर आएको रकमले कृषि ओैजार कारखाना सञ्चालन गर्ने उद्देश्य उहाँको छ । पुनको परिचय यतिलेमात्र पुग्दैन उहाँले सन्् २०१२ मा सूचना तथा प्रविधि मार्फत देश विकासका सम्भावनाहरूको खोज र आविष्कार गर्ने उद्देश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गर्नुभएको थियो । यस्तो विशाल योजनालाई मुर्तरुप दिन ठुलो आर्थिक सहयोगको खाँचो हुनेभएकाले पुनले नेपाल सरकारको समय समयमा बजेटका लागि घच्घच्याउदै आउनु भएको छ ।

तपाईको प्रतिक्रिया