न धुन छ न कला छ रे
दक्षिण बुझाएर क्रेनले तानेर तनुवा सांसद भएकी एकजना संघीय सांसदको कुरा सुन्दा घण्टाघरलाई आश्चर्य लागेको छ । लाउरेस निकट ती सांसदले काठमाण्डौ महानगरपालिकाका मेयरका बारेमा ताइ न तुइँको संसदमा गुड्डी हाँकिछन् । तिनको बिग्रिएको थुतुनोले फलाकिछन् बालेनको न स्वर छ , न सुर छ, न कला छ, न धुन छ त्यै पनि ट्रेडिङ्गमा कसरी जान्छ रे । बालेनले भर्खरै गाएका ‘लाज शरणम’ गीतले नयाँ रेकर्ड बनाएको विचरीलाई पच्दैपचेनछ । वालेनको गीत नबुझ्ने ती सांसदले देउवाले बोलेकोचाहिँ कसरी बुझकी होलिन ? नेपाल हाँसेको बोलको गीतले २७ घण्टा नपुग्दै नेपालमा मात्र नभएर अष्टे«लिया, संयुक्त अरब इमिरेट्स, कतार, माल्टा, कुवेतमा युटुव ट्रेडिङमा सामेल भएपछि विचरा ती सांसदलाई बडो छट्टपट्टी भा’रहेछ । बरु ती सांसदले अरुको ईष्र्या, डाहा गर्नुभन्दा आफ्नो सभापतिलाई अरु नभए नि कवाली गाउन हौस्याए बेश हुन्थ्यो ।
धन्दावालहरुको धन्दा चौपट
विभिन्न जात, जाति, धर्म, सँस्कृतिका विरुद्धमा युएसआइडीको मालले चलायमान भएका भौमानहरुको धन्दा अब चौपट्ट हुने भएको छ । अम्रिकामा राष्ट्रपति डोनाल्ट ट्रम आएसी’ युएसआइडी नै बन्द गर्दिए । पाँच बर्षका लागि असी अर्ब रुपैयाँ दिँदै आएको अम्रिमाको त्यो पैसामा आफूलाई जनजाति भन्ने, आफूलाई मधेशी भन्ने, आफूलाई सञ्चारकर्मी भन्ने, हरिबंश र मदन कृष्ण जस्ता नटुवाहरु, धर्मको नाममा अधर्म गर्नेहरु अब भने साइजमा आउने भा’छन् । मामाके घोडा मेरे हिही भनेझ युएसआइडीवालाहरुको चुरीफुरी सानो थिएन । विश्वासै गर्न नसकिनेहरु समेत छद्मभेषमा अम्रिकी डलर हसुर्ने लाइनमा रै’छन् । वाफ रे वाफ निर्मल रिजाल, दिलभुषण पाठक, दिपेन्द्र खनिया र शिखा भट्टी, नरेन्द्र कंसाकार, सुष्मा जोशी र दौलत झा, गोपाल गुरागाइँ, तारानाथ दाहाल, कुण्डा दिक्षित, रामहन घिमिरे, मनोहर ढकाल, शितल साह, संगीता श्रेष्ठ, गुन्जा राय, धमेन्द्र झा लगायत कति हो कति ? अहिले यिन्का घरमा रुवाबासी चल्या छ ।
खरानी बनाउने रे
उमेरले अब घाटतिरको यात्रा तय गरिसकेको छ । पिण्ड खाने बेला भैसक्यो । तर थुतुनोचाहिँ कैची जस्तै चल्या छ चल्या छ । माने प्रचण्डाउ । प्रचण्डाउ यतिबला मानसिक विक्षिप्ताबाट गुज्रिरा’छन् । लाउरेस र झालेमालेलाई पालैपालो खेलाएर मुजा मारे सलबरियाको खेल खेलेका विचरा सडकमा एक्कासी पुगेपछि विछप्तता त हुने नै भयो । अब हेरम न अस्तिका दिन तिन्ले जनयुद्ध शब्र्द कसैले मेटाउन खोजे त्यसको खरावी बनाउँछौ भनेर धम्की दिएछन् । त्यही जनयुद्ध शब्द भँजाएर ्रविचराले राजनैतिक गुजारा गरिरा’छन् । वित्थामा हिंसा भनेर किन होच्याउनु ? हिंसा शब्दले राजनैतिक गुजारा हुँदैन । विचारालाई गरिखान दिनु नि ।
गज्जब निर्णय गरेछन्
रीता सिंह को हो ? चिन्या छ ? वित्थाँ सिंहलाई पक्राउ गर, थुनामा पठा, अदालतमा मुद्धा हाल भनेर एकथरि चिच्याएका चिच्याएकै छन् । बुझ्नु न सुझ्नु छैन किन चिच्याएका होलान् ? सिंहलाई थुन्दा, पक्राउ गर्दा, अदालतमा मुद्धा हाल्दा तिनका भकारी भरिदैन क्यारे । फेरि रीतासिंह खानेपानी मन्तरी गठ्ठे काजी आच्या प्रकाशनमान सिंहकी शाख्यै दिदी हुन् । जाबो अनाथ बाल बालिकाको संरक्षण गर्ने वाल संगठनको ३३ बर्ष सम्म अध्यक्ष हुँदा आफ्नो व्यवस्था त गर्नै प¥यो । सिहले बाल संगठनको २९ रोपनी जग्गा देशको बडो इमान्दार माने कुख्यात तस्करहरुलाई ५४ बर्षको लागि लिजमा दिएकी हुन् । त्यसरी लिजमा दिँदा १०÷२० खोका आफूले पनि व्यवस्था त गर्नैप¥यो । मह काढ्नेले हात चाटिहाल्छ नि । किन हात चाटिस भनेर धारे हात लगाएर त भएन । आखिरी उनी मन्तरीकी दिदी हुन् । कारबाही गर्ने ल्याकत पनि त हुनुप¥यो ।
घण्टेको खोपडी चै मान्नैपर्छ

सहकारी ठग घण्टे पार्टीका अध्येक्षे खोपडीलाई घण्टाघर जदौचाहिँ गर्छ । हरेक मानिसमा भगवानले छैठीका दिन एउटा एउटा कला लेखिदिएका हुन्छन् । घण्टेलाईचाहिँ ठगेरै आलिशानको जीवन जिउन पुगोस् भनेर लेख्द्या रै’छन् । हैट देशका मालदार सहकारी मात्र घण्टेले भ्याएनछन् । रासकोट अस्पताल बनाउने नाममा ५० औ करोड संकलन गरेर एक आद्य करोडको टिनका पाता र सिमेन्ट बोर्ड लगाएर बाँकीचाहिँ झ्याम । बाढी पीडितका लागि फाउन्डेशन नै खडा गरेर करोडौ सोहोरेछन् । बाढीपीडितलाई चाहिँ उही मकैको खोया । फेरि कला पनि कस्तो दिएको जति डकारे पनि बोल्नचाहिँ थाहा छैन । करोडौको गाडी किने पैसा कहाँबाट आयो भनेर साध्यो थाहा छैन । श्रीमतिको नाममा करोडौ राखिदियो अहँ मलाई थाहा छैन । डङडङ्ती चेक काटेर पैसा निकाल्यो अहँ मलाई थाहा छैन । हैट घण्टेको पार्टी गठन गर्दा हँ मलाई थाहा छैन भन्ने पार्टी गठन ग¥या भए क्या गज्जब हुन्थ्यो ।
कार्य मूल्यांकनमा अन्याय भयो
सरकारले नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाको कार्यमूल्याकन नतिजा निकालेको छ । कार्य मूल्यांकन गर्दा मूल्याकनकर्ताहरुले मादक पदार्थ सेवन ग¥या थिए कि क्क्या हो ? सिन्को नभाँच्ने प्रचण्डाउकी पुत्रीलाई ७६ अंक दिएछन् । सार्वजनिक जग्गा खाली गराउने, तस्कर र माफियाहरुले कब्जा गरेका जग्गा खाली गराउन, ठामको ठाम भ्रष्टलाई विदा दिने काठमाण्डौ बालेनलाई ५४ अंक मात्र दिएछन् । सबै भन्दा बढी मार्का चाहिँ धरानका मेयर हर्क साम्पाङ्गलाई प¥या छ । सैयौ मान्छे लेर गएर खोलाको ढुंगा वल्लो छेउबाट पल्लो छेउमा थन्क्याउने, पानीका पाइप तान्ने, श्रममै रमाउनेलाईचाहिँ फेल गर्दैछन् । यो त अलि हजम भएन है । श्रम गर्नेको मूल्यांकन गर्नु पर्दैन ? वात करता है ?
बेलुन फुटेर घाइते
बेलुन फुटेर पखोरामा मन्त्री र नगरप्रमुख घाइते भएछन् । हैन हौ के थियो त्यो बेलुनमा ? पोखराको पर्यटनलाई मलजल गर्न भनेर पोखरा भ्रमण बर्षको बडोे फुर्केर उद्घाटन गर्न गएका ललिता निवासका खेतिवाला ढुकुटी मन्तरी र माखो साँग्लो परेर माकुनेको कोटाबाट निर्वाचित भएका पोखराका मेयर कति दुर्वल रै’छन् । जाबो बेलुन फुटेर घाइते भा’छन् । एउटाको अनुहार तछारिएको छ भने अर्काको भुत्लाको रौँहरुमा असर परेछ । भनेपछि बेलुन जस्ले लगायो शाक्तिशाली नै लगाएछन् । अब बेलुन काण्डले देशमा केही परिवर्तन ल्याउला कि भन्ने घण्टारलाई लाइरा’छ । ट्वाइलेटदेखि चिया पसल, ब्युटी पार्लरदेखि कण्डम हाउससम्म उद्घाटन गर्न खुट्टा उचालेर दौडिने मन्त्री, सांसदहरु अब शतर्क होलान् कि नहोलान् ? बेलुन फुटेर घाइते भएकाहरु त अब जिन्दगीभरि बेलुन देख्यो कि झस्किने निश्चित छ ।
अन्तेमा
दल बदलुमा समेत केही नझरेपछि आफ्नै हिस्स परेकी श्रीमति हिसिला यमी, न पुरष न महिला छुट्याउनै हम्मे पर्ने छोरी मनुषी, त्यो तीखे ज्वाइको नाम के हो कुन्नि अनि नातिको समेत सहभागिता गराएर बाउरामले नयाँ शक्ति पार्टीको पुनर्गठन गरेछन् । पार्टी भन्या यस्तै हुनुपर्छ । परिवारका जम्मै सदस्य
राखेर मुख्य पद आफैले धारण ्रगरेपछि बल्ल पार्टी बन्छ । अरु मुलाका सागहरुले यो कुरा बुझेकै छैनन् । पार्टी गठन गरेसी’ काइते सञ्चारकर्मीले सोधछन् राप्रपाका ज्ञानेन्द्र शाही कस्तो लाग्छ ? सिल्ली अनुहार प¥या बाउरामले जवाफ दिएछन् खै त्यो ज्ञान्द्र साही को हो म चिन्दिनँ । क्या सटिक जवाफ बालकदेखि बृद्धसम्मले साहीलाई चिन्छन् बाउरामले अहिलेसम्म चिनेकै रै’नछन् । शिखरबाट झरेर भुइँमा पछारिँदा पनि तिनको मगजले अहिलेसम्म मपाइकै धङधङी बोकेकै रै’छ । कि कसो हौ ?
