धरान । दाताहरुकै भरमा चलेको धनकुटाको मुलघाटस्थित विश्रान्ति शान्ति आश्रम (विश्रान्ती मन्दिर) विगतमा सहयोग गर्ने दाताहरुलाई एकै ठाउँ भेला गराएर सम्मान गर्ने भएको छ । आश्रमले पौष ४ शुरु भएको १५ दिने शिव महापुराण सञ्चालन को अवसर पारेर आश्रममा आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गर्ने भएको हो । वि.सं. २०४० सालबाट सञ्चालनमा आएको यो आश्रम दाताहरुकै भरमा सञ्चालन भएको सो आश्रम सबैतिरबाट सहयोग प्राप्त भएपनि सुनसरीका धरानबाट भने सम्पूर्ण सहयोगको ५० प्रतिशत सहयोग प्राप्त हुने आश्रमका महासचिव उत्तम घिमिरे बताउनुहुन्छ । उहाँले ८÷१० बर्षको अन्तरालमा यहाँ ठूलो कार्यक्रम हुने गरेको बताउदै यस बर्ष भने शिव पुराणको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले सोही अवसरमा दाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

आश्रम सञ्चालन गर्न कठिनाई भए पनि दाताहरुले अहिलेसम्म पु¥याएको सहयोग अतुलनीय रहेको र भविष्यमा पनि अझ सहयोग बढ्दै जाने प्रवल सम्भावना बढेर गएकोले यो आश्रमलाई दीगो रुपमा सञ्चालन गर्ने अपेक्षा सञ्चालक समितिका पदाधिकारीहरुको छ । यो आश्रममा सहयोगी हातहरु ब्ढ्दै गएकोले सञ्चालनमा सहज भएका विद्याश्रम संस्कृत विद्यालयका प्रधानाचार्य दिनेशप्रसाद अधिकारील्े जानकारी दिनुभयो । जगतगुरु बालसन्त महाराजबाट उद्घाटन भएको सो शिव महापुराणमा पिण्डेश्वर विद्या पीडका प्राध्यापक दिपकप्रसाद पराजुली, शिव पुराणका उपव्यास लगायतले शिव पुराणमा वचन गर्नुहुने भएको छ । यो पुराणमा शिव भगवानको महत्वलाई दर्शाउदै विशेषत ः सहयोगी दातालाई सम्मान गर्ने रहेको स्वामी विद्यानन्द सरस्वतीले जानकारी दिनुभयो । अहिले विश्रान्ति मन्दिरमा मन्दिर परिशरमा बृद्धाश्रम निर्माण गरी बृद्धबृद्धाहरूलाई आश्रय दिइ पालनपोषण गर्दै आएको छ । यस मन्दिरमा पूजापाठ गर्न धनकुटा जिल्ला र वाहिरबाट प्रति दिन धेरै मानिसहरू आउने गर्दछन् । यस मन्दिरमा विवाह, ब्रतवन्ध गर्ने प्रचलन बढीरहेको छ । मन्दिरले दाहसंस्कार, काजकृया, पितृकार्य आदिका लागि सहयोग तथा सुविधा प्रदान गर्दै आएको छ । यस मन्दिरमा शिवरात्रिका दिन विशेष हर्षोल्लासका साथ पूजा गरिन्छ र सो दिन यहाँ मेला लाग्दछ । अहिले यो मन्दिर धार्मिक तथा सांस्कृतिक गन्तव्य बन्दै गएको छ ।
