संयुक्तरुपमा भिड नियन्त्रण सम्वन्धी डेमोस्ट्रेशन

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–१ स्थित खेल मैदानमा संयुक्तरुपमा भिड नियन्त्रण सम्वन्धी डेमोस्ट्रेशन कार्यक्रम सम्पन्न भएको छ ।
पुस २८ गते जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षता तथा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको बिशिष्ट अतिथ्यतामा भएको डेमोस्ट्रेशनमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले हुलदंगा, बन्द हड्ताल, तालाबन्दी, आगजनी, तोडफोड, अवरोध लगायतका भिडलाई व्यवस्थापन तथा नियन्त्रण गर्न संयुक्तरुपमा डेमोस्ट्रेशन गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला सुरक्षा समिति सुनसरीका पदाधिकारी, प्रहरी अधिकृतहरु तथा प्रहरी कार्मचारीका साथै सञ्चारकर्मीहरू समेतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया