दज्र्यानी चिन्ह सुशोभन कार्यक्रम

विराटनगर । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार अनुसार प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा र प्रहरी जवान पदवाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई एक कार्यक्रमको समारोह बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले दज्र्यानी चिन्हले सुशोभन गर्नु भएको छ ।

पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिनु हुदै पदोन्नति सँगै प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ आफ्नो पदिय दायित्व निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ । सुशोभन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी उपरीक्षक आर्कीटेक हरी प्रसाद ढंगोल लगायत सिनीयर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया