विविध कार्यक्रमका साथ विश्व हिन्दी दिवस सम्पन्न

धरान । विगतका बर्षहरुमा झै यस बर्ष समेत नेपालस्थित भारतीय राजदुतावासले दुतावासका प्रांगरणमा विश्व हिन्दी दिवसको अवसरमा विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । सन् १९७५ जनवरी १० तारखेका दिन भारतको नागपुरमा पहिलो हिन्दी दिवसको आयोजना गरिएसँगै हरेक बर्ष १० जनवरीलाई विश्व हिन्दी दिवसको रुपमा मनाइँदै आइएको छ । भारतीय दुतावासको प्रांगरणमा आयोजित विश्व हिन्दी दिवसका अवसरमा हिन्दी मञ्च नेपालका अध्यक्ष एवम् प्रतिनिधि सभाका सांसद मंगलप्रसाद गुप्ता, नेपाल सरकारका भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, नेपाल संगीत तथा नाटक प्रज्ञा प्रतिष्ठानकी उपकुलपति श्रीमति निशा शर्मासँगै उपस्थिति विभिन्न विशिष्ट अतिथिहरुका बीच भारतीय राजदुतावास राजनैतिक तथा प्रेस, इन्फर्मेशन, कल्चर, विभागकी काउन्सिलर सुश्री गीताञ्जली ब्राण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पढेर सुनाउनु भएको थियो ।


सो अवसरमा काउन्सिलर सुश्री ब्राण्डले भन्नुभयो विश्व हिन्दी भाषाले समृद्ध भाषिक सम्पदा र हिन्दी भाषाप्रेमी नेपालका विद्वानहरुको साँस्कृतिक पहिचानको सम्भmनाको रुपमा काम गर्ने बताउनुभयो । जसको योगदानले हिन्दी भाषाको प्रवद्र्धनमार्फत नेपाल र हिन्दुबासीबीचको मित्रताका बन्धनलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । कार्यक्रमा काठमाण्डौका दर्जनौ विद्यालयका विद्यार्थीहरुले विचार उत्तेजक विषयवस्तुको दायरामा शक्तिशाली कविताहरु प्रिसेट गरेका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका कलाकारहरुकोे समेत सहभागिता रहेको कायक्रममा भारत–तेपाल मैत्री कवि सम्मेलनको समेत आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया