इलाकाद्वारा लागू औषध विक्री वितरण गर्ने पक्राउ

धरान । इलाका प्रहरी कार्यालय धरानले धरान १६ जोरखुवाबाट धरान १५र्का २४ सुमित भुजेललाई लागू औषधसहित पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको गस्ती टोलीले उनलाई प्लास्टिकको झोलामा लुकाएर ल्याएको लागू औषध ट्रामाडोल–एक सय) क्याप्सुल, ट्रामानिलनौ सय क्याप्सुल र नियन्त्रित औषधी स्पासपेन–एक हजार क्याप्सुलसहित पक्राउ गरिएको धरान प्रहरीले जनाएको छ । यसैगरि सोही दिन राति ९ः३० बजेको समयमा धरान–८ सिद्धार्थ मार्ग कुमार खत्रीको घरमा डेरा गरी बस्ने हरीनगरा ४ बस्ने वर्ष–३१ को अरसद अन्सारी र सोही ठाउँकों. वडा नं. २ भुटाहा बस्ने वर्ष–४५ को जियाउल अन्सारीलाई लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ । उनीहरुले लुकाइ छिपाइ राखेको अवस्थामा ट्रामोल –५० लेखिएको– ४२ हजार ६ सय क्याप्सुल प्रहरीले फेला पारेको थियो । पक्राउ परेका उनीहरुको विषयमा थप अनुसन्धान भइरहको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

तपाईको प्रतिक्रिया