धरान । विगत केही समय अगाडि सामाजिक सञ्जाल लगायतका सोसियल प्लेटफर्म तथा इ–सेवा, खल्ती जस्ता वालेट तथा बैंक, बित्तीय संस्थाबाट बोलेको भन्दै अपरिचित नम्बरहरुबाट फोन वा म्यासेज गरी नेपाल सरकारका कर्मचारी तथा आम सर्वसाधारणहरुलाई धोकापूर्ण तरिकाले प्रलोभनमा पारी हुने गरेका ठगी घट्नाप्रति आम सर्वसाधारणलाई सचेत रहन केन्द्रीय अनुसन्धान व्युरो (सिआइवी) ले सबैमा आग्रह गरेको छ ।

व्युरोद्वारा शुक्रबार एक विज्ञप्ती प्रकाशित गरी ठगीहरुबाट बच्न इ–सेवा, खल्तीजस्ता वालेट, बैंक तथा वित्तीय संस्थाहरुको लोगो समेत प्रयोग गरी धोकापूर्ण तरिकाले सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति हुँ भनी कल गर्ने, डिजिटल वालेटमा पटक पटक गलत पासवर्ड राखेर वालेट टेम्पोरेरी क्लोज गर्ने र त्यही समय वालेट प्रयोगकर्ताहरुलाई कल गरी तपाईको वालेटमा समस्या आएको छ ? म सेवा प्रदायक कम्पनीबाट बोलेको भनी इत्ए माग गर्ने र क्षणभरमै उक्त वालेटमा भएको पैसा अन्य व्यक्तिको वालेट वा बैंक खातामा ट्रान्सफर गर्ने गरेको देखिएको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक होविन्द्र वोगटीद्वारा जारी विज्ञप्तीमा भनिएको छ सामाजिक सञ्जालमा विभिन्न प्रलोभनमा पार्ने म्यासेजहरु पठाउने र विभिन्न किसिमका आर्टिफिसियल इन्टेलिजेन्सले क्रिएट गरेको आवाजबाट कल गरी तपाइको सामान आएको छ, तपाइलाई फाइदा हुने खालको व्यापार छ भन्ने जस्ता लिंक पठाई खोल्न लगाउने र खोल्ने वित्तिकै युजर नेम र पासवर्डमा पहुँच पु¥याई पैसा ट्रान्सफर गर्ने, अनलाइन व्यापारको नाममा सामाजिक सञ्जालमा विभिन्न साइटहरु खोली सामानको आकर्षक फोटो भिडियो अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न क्युआर र बैंक खातामा रकम माग गर्ने र रकम प्राप्त गरिसकेपछि सामान डेलिभरी नगरी सम्पर्क विहीन हुने गरेको विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा भनिएको छ हालैमात्र पोखरामा ५७ लाख, चितवनमा १६ लाख, नेपाल सरकारका कर्मचारीहरुको ५ लाख ५० हजार, विभिन्न कम्पनी तथा सर्वसाधारहरुको करोडौ रकम ठगी गरिरहेको सम्बन्धमा सिआइबीले अनुसन्धान गरिरहेको छ । यस्तो कार्यमा हालसम्म ५ सय भन्दा बढी संदिग्न फोन नम्बरहरु सक्रिय भएको हुँदा यस्ता अपरिचित
नम्बरहरुबाट आएका फोन तथा म्यासेज नउठाउन तथा रिप्लाई नगर्न हुन विज्ञप्तीमार्फत अनुरोध समेत गरिएको छ । साथै यस्ता ठगीमा संलग्न संदिग्न व्यक्तिहरुका सम्बन्धमा जानकारी भएमा व्युरो तथा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत आग्रह गरिएको छ ।
