सात रेक्टर स्केलको भुकम्प

धरान । नेपालको पूर्वी क्षेत्रमा पौष २३ गते मंगलबार विहान ६ः५२ मा भुकम्पको धक्का महसुस गरिएको छ । नेपालतर्फ भुकम्पको धक्का कम महसुस गरिए पनि तिब्बतको डिङ्जे काउन्टीलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्प ७ म्याग्निच्युटको रहेको राष्ट्रिय भुकम्प मापन केन्द्र नेपालले जनाएको छ । तिब्बतको डिङ्जे काउण्टी ताप्लेजुङ जिल्लाको सीमावर्ती क्षेत्र टिप्तला भन्ज्याङसँग जोडिएको छ । केन्द्रका अनुसार हिजो गएको भुकम्पको गहिराई १० किमी रहेको थियो । भुकम्पको असर पूर्वी नेपालसँगै काठमाण्डौ र पश्चिम पहाडी क्षेत्रमा समेत परेको छ । भुकम्प लगत्तै मानिसहरु घरबाट बाहिर निस्केर हो–हल्ला गरेका थिए । भर्टिकल रुपमा आएको भुकम्प करिब २ मिनेटसम्म रहेको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया