लागुऔषध ब्राउनसुर सहित १ जना पक्राउ

मोरङ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले लागुऔषध ब्राउनसुर सहित एक जनालाई पक्राउ गरेको छ । पुष १८ गते साँझ भारत बाट नेपालतर्फ आउदै गरेका सुनसरी इटहरी उप–महानगरपालिका–४ का १९ बर्षीय बिजय लिम्बुलाई १ ग्राम लागुऔषध ब्राउनसुर सहित बिराटनगर महानगरपालिका–१५ स्थितबाट नियन्त्रणमा लिएको हो । लागुऔषध ब्राउनसुर सहित पक्राउ परेका लिम्बुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भई रहेको छ ।

तपाईको प्रतिक्रिया