विराटनगर । झापा, सुनसरी, उदयपुर र धनकुटाबाट लागुऔषध सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २१ गते सुनसरीको वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–७ स्थितबाट उदयपुर त्रियुगा–१२ का १८ बर्षीय मुकेश गुप्ता, २२ बर्षीय दिपसन राई, १८ बर्षीय पुजन यादव, धरान–१९ का २१ बर्षीय रोहित कार्की र १९ बर्षीय अनुराग राईलाई ६ सय ट्याब्लेट प्रतिबन्धित औषधी स्पासपेन र ट्रामाडोल सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय धरानले धरान–१३ का ४२ बर्षीय कुमार राईलाई स्पास्मो १५६ क्याप्सुल र Eskuf Cough Syrup २ बोतल सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी उदयपुर त्रियुगा नगरपालिका–११ का २० बर्षीय अभिषेक कार्की, त्रियुगा–१२ का १९ बर्षीय रिजन राई र त्रियुगा–१० का २३ बर्षीय नरहरि खड्कालाई ३२ ट्याब्लेट ट्रामाडोल र स्पास्मो सहित जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । यस्तै दमक नगरपालिका –८ झापाका २२ बर्षीय नरेश खड्कालाई स्पास्पेन २९० ट्याब्लेट र ट्रामानिल २९० क्याप्सुल सहित इलाका प्रहरी कार्यालय दमकले र २१० मिलिग्राम ब्राउन सुगर सहित तेह्रथुम लालिगुराँसका ३२ बर्षीय विकाश श्रेष्ठ र २६ बर्षीय राजिव सम्बहाम्फे प्रहरी चौकी सिधुवा धनकुटाले र धनकुटा हिलेका २५ बर्षीय केवल तामाङ र २८ बर्षीय सुजन तामाङलाई ८० मिलिग्राम ब्राउन सुगर सहित प्रहरी चौकी धनकुटा हिलेले पक्राउ गरेको छ ।
