आन्तरिक तथा वाह्य पर्यटकको पहिलो रोजाई गोरखा होटल प्रा.लि. पा“चतारे होटलको सेवा सुविधा–४२ कोठा रहेको होटलमा स्विट, एक्जुकेटिव, डिलक्स

आन्तरिक एवम् वाह्य पर्यटकहरुका लागि पूर्वाञ्चल पहिलो रोेजाइमा परे तापनि उपयुक्त सुविधा सम्पन्न बासका लागि स्तरीय होटल नहुँदा विगतमा पर्यटकहरुले अनेकौ समस्याहरु झेल्दै आएका थिए । अब भने उनीहरुले यस्तो समस्या झेल्नु नपर्ने भएको छ । पूर्वाञ्चलमै एउटा सफल व्यवसायीको परिचय बनाउनु भएका समाजसेवामा समेत समर्पित बलराम आचार्यले पर्यटकहरुकै सेवा र सुविधालाई ध्यानमा राखेर ४० करोडको लागतमा अत्यन्तै सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याउनु भएपछि पूर्वाञ्चल भ्रमणमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरु बासको समस्याबाट मुक्त भएका हुन् ।

गोरखा डिपार्टमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतम भन्नुहुन्छ १५ दिन अगाडिदेखि नै होटलका रुमहरु बुक हुन थालेका छन् । खास गरेर पश्चिम नेपाल, भारत, भुटान, बंगलादेशबाट समेत बुक हुने गरेको गौतमले बताउनुभयो । आफ्नो व्यवसायीक प्रतिष्ठानहरुलाई विस्तार गर्ने क्रममा गोरखा होटल प्रा.लि पछिल्लो छनौटमा परेको र यसले व्यवसायसँगै आउने पाहुनाहरुको सेवामा कुनै कसर बाँकी नराख्ने मान्यता होटलको रहेको म्यानेजर गौतमको कथन छ । होटल सञ्चालनमा आएपछि आन्तरिक तथा वाहय पर्यटकहरुले पूर्वाञ्चलको भ्रमण गर्ने गरेको र गोरखा डिपार्टमेन्ट स्टोरमा स्वदेशी तथा विदेशी ब्राण्डका सामानहरु समेत खरिद गर्ने गरेको पनि गौतमले बताउनुभयो । होटल सञ्चालनको प्रमुख उद्देश्य मुलुकको पर्यटकीय क्षेत्रको विकास, विस्तार नै भएको गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य बताउनुहुन्छ । पर्यटकीय गतिविधिलाई बढाउने उद्देश्यले सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएका छौ ै, आचार्यको कथन छ । होटल सञ्चालनमा आएपछि भ्रमण कोशी प्रदेशका रमणीय स्थल घुम्न आएकाहरु गोरखा होटलमा आएर बस्ने गरेको होटलका कर्मचारीहरु बताउँछन् ।
जाडो मौसमसंगै न्यानो कपडा लिनेको भीड

गोरखा डिपार्टमेन्ट स्टोरको चौथो तलामा शनिवार स–परिवार भेटिएकी धनकुटा पाख्रीबासकी सदिक्षा नेपाल जेब्रा क्रसिक व्यागमा ज्याकेट, स्विटर लगायतका न्याना कपडा मिलाएर राख्दै थिइन् । उनीसँगै आएका परिवारका अन्य सदस्य उनलाई सहयोग गरिरहेका थिए ।त्यतिविघ्न कपडा खरिद गरेको देखेपछि यो पंक्तिकारलाई नसोधी चित्तै बुझेन । यतिका कपडा प्रयोगकै लागि खरिद गर्नुभएको हो या विक्रीको लागि ? प्रत्युत्तरमा उनले मुस्कुराउदै भनिन् आÏनै परिवारका लागि हो । शनिवार श्रीमानको समेत विदा भएकोले आफूलाई चाहिने आवश्यक सरसमान खरिद गर्न गोरखा डिपार्टमेन्ट स्टोरमा आएकी हुँ । यतिबेला गोरखा डिपार्टमेन्ट स्टेरमा न्याना कपडा खरिद गर्नेहरुको अत्याधिक भीड बढेको छ । यसपटक जाडो केही ढिलो शुरु भएकोले मंसिर पौषमा न्याना कपडा खरिद गर्नेहरुको खासै भीड थिएन । तर केही दिन यता एक्कासी जाडो बढ्न थालेपछि न्याना कपडा खरिद गर्नेहरुको भीड बढेको गोरखा डिपार्टमेन्ट स्टोरका सुपर भाइजर खेम खत्रीको कथन छ । स्वदेशी तथा विदेशी ब्राण्डका आफूले चाहे बमोजिम रेडिमेट स्विटर, कोट, ज्याकेट, मोजा, टोपी लगायतका न्याना कपडाहरुका लागि नेपालबाट मात्र नभएर भारतका विभिन्न स्थानबाट समेत ग्राहकहरु आएको सपुरभाइजर खत्रीले भन्नुभयो । यसका अलवा डिपर्टमेन्ट स्टोरको पाँचौ तलामा समेत ग्राहकहरुको उस्तै भीड देखिन्छ । भर्खरै जन्मिएका बच्चादेखि १४ बर्ष उमेर समुहका नानीहरुका लगि चाहिने सम्पूर्ण कपडाहरु उक्त तलामा रहेकोले अभिभावकहरु उक्त तलामा भीड हुने गरेको छ । स्वदेशीँसगै खासगरी सिंगापुर, थाइल्याण्ड, हङकङ लगायतका मुलुकबाट आयात गरिएका नानीहरुको अत्यन्तै न्यानो र भुवादार कपडमा अभिभावहरु आकर्षित हुने गरेका छन् ।
पूर्वाञ्चलमै गोखा बेकरीको उच्च

गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई भइरहेको छ ।

तपाईको प्रतिक्रिया