धरान । गरिब तथा असहायहरुका बालबालिका अध्ययन गर्ने धरान ५ ढिंगाबारीमा रहेको जनता आधारभूत विद्यालयका विद्यार्थीहरुलाई अग्रवाल महिला महिलाहरुको साझा मञ्ज मारवाडी महिला मञ्चले जाडोको कपडा वितरण गरेको छ । क्लोथ फाउन्डेशन धरानको सहकार्यमा मञ्चले विद्यालयमै पुगेर अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर प्रदान गरेको हो ।

स्वीटर वितरणपछि बोल्दै अग्रवाल महिला मञ्च धरानकी अध्यक्ष इन्दु तोदीले क्लोथ फाउन्डेशनमार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोमा सहज भन्ने उद्देश्यले स्वीटर वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार विद्यालयमा अध्ययनरत ५६ जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर रहेका अभिभावकहरुका नानीहरु पढ्ने यो विद्यालयलाई थोरै भएपनि सहयोग पुगोस् भन्ने अभिप्रयाले सहयोग गरेको बताउनुभयो । आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । यो विद्यालयमा विगतदेखि नै कुनै न कुनै सहयोगी दाताहरुबाट सहयोग प्राप्त हुदै आएको छ । कसैको जन्मदिन, शुभकार्य तथा संस्थाको बार्षिकोत्सवको अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै आइएको छ । विद्यालयमा अति नै विपन्न परिवारका नानीहरु अध्ययन गर्ने भएकोले समय समयमा गरिएका यस्ता सहयोगले विद्यार्थीहरुलाई धेरै सहयोग पुगेको विद्यालयकी प्रद्यानाध्यापक रिता पोख्रेलले बताउनुभयो । उहाँले समयमा खान नपाउने, लगाउन नपाउने विद्यार्थीहरु यस विद्यालयमा अध्ययन गर्ने भएकोले मञ्चले ५६ जना विद्यार्थीहरुलाई स्वीटर प्रदान गरेकोमा धन्यवाद दिनुभयो । उहाँले यस विद्यालयमा समय समयमा विभिन्न संघ संस्थाले सहयोग पु¥याउदै आएको बताउदै आगामी दिनमा पनि सहयोग गर्न आग्रह गर्नुभयो ।
त्र
