पहिचानवादीहरु एक जुट भए

धरान । पहिचानको मुद्धा बोकेर विगतदेखि नै आन्दोलनमा होमिएका पहिचानवादी दलहरु एक ढिक्का भएर आन्दोलन गर्ने भएका छन् । धरानमा वसेको पहिचानवादी चार दलहरुको बैठकले मोर्चा बनाएर आन्दोलनलाई पेचिलो बनाउने निर्णय गरेअनुसार मोर्चा बनाएर अगाडि बढ्ने निर्णय गरेका हुन् ।
गत पौष ११ गते धरानमा बसेको चारदलले मोर्चा गठन गरेर देशभरि नै पहिचानको मुद्धालाई दरिलो बनाएर जाने निर्णय गरेका हुन् । मोर्चाको संघीय संयोजकमा प्रा.डा. महेन्द्र लावतीलाई तोकिएको छ । यस्तै मोर्चामा नेपाल जनमुक्ति पाटी, प्रदैश न.. १ नामांकन अभियान समिति र नागरिक उन्मुक्ति पार्टी प्रदेश न. १ समिति संलग्न छन् । पहिचानवादी शक्तिलाई एक ठाउँमा उभ्याएर सशक्त अगाडि बढ्दै भविष्यमा संयुक्त रुपमा पार्टी गठन गर्नका लागि मोर्चा गठन गरिएको मोर्चाका संघीय संयोजक प्रा.डा.महेन्द्र लावतीले जानकारी दिनुभयो । उहाँले विस्तारै सबै पहिचानवादी शक्तिलाई एक ठाउँमा ल्याएर पहिचानको मुद्धालाई दरिलो बनाउन अभियानको रुपमा यो मोर्चा रहेको जानकारी दिनुभयो ।

उनीहरुले साँस्कृति विविधताले भरिपूर्ण समाजमा वहुसाँकस्कृतिक, वहुराष्टिूय र बहुल राष्टिूय राज्य स्थापना गर्न, पहिचानकमा आधारित न्यूनत्तम १०+१ सक्कली संघीयता सुनिश्चित गर्न, भ्रष्टाचार नियन्त्रण तथा शुशासन कायम गर्न, दैशमा समृद्धिको लहर ल्याउन नैपालीहरुकालागि इमान्दार, जनमुखी राष्टिूय राजनीति शक्तिको आवश्यकताको महसुस होस् भन्ने अभिप्रायले मोर्चा गठन गरिएको बताएका छन् । सो अवसरमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका प्रदेश नं. १ का अध्यक्ष ज्ञानबहादुर गुरुङले देशलाई अनिर्णयको बन्दीबाट बचाउन पहिचानवादी मोर्चा एक भएर अगाडि बढ्नुपनै आवश्यताको महसुस गरी संयुक्त मोर्चाको गठन गरिएको जानकारी दिनुभयो । धरानमा बसेको पहिचानवादीको बैठकले मोर्चा गठनसँगै भविष्यमा नयाँ दल निर्माणसम्मको लागि चक्रीय प्रणलीकौ आधारमा डकेन्द्रसिंह थेगिमको संयोजकत्वमा मोर्चाकौ ४ सदस्यीय अध्यक्ष मण्डल निर्माण गरेको छ । यसैगरी मोर्चाको वैठकबाट मुक्कुमलुङ आन्दोलन परिचालन समिति समेत गठन गरेको छ । जसको संयोकमा रामभक्त कुरुम्वाङ रहनु भएको छ भने सहसंयोजकमा सिंघक र दिलेन्द्र कुरुम्बाङ, यस्तै कोशी प्रदेश नामाकरणको विरुद्धमा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाको संयोजकत्वमा पाँच सदस्यीय समिति समेत गठन गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया