धरान । नेपाली कांग्रेसले तमु ल्होसार र ख्रीष्टमसको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीको आयोजनामा कार्यक्रम भएको हो । प्रमुख अतिथि पर्यटन, वन तथा वातावरण मन्त्री मा. सदानन्द मण्डलले नेपाली कांग्रेस, सुनसरी क्षेत्र नं. १ ले धरानवाट शुरुवात गरेको यो कार्यक्रमको सन्देश मुलुकभर सकरात्मक रुपमा जाने बताउंदै बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा सबै जातजाति भाषाभाषी र धर्मावलम्वीहरुको पर्व र उत्सवलाई सबैले मनाउनुपर्ने बताउनुभयो । उहाँले भाइचाराको समेत अभिवृद्धि हुने बताउनुभयो । क्षेत्रीय सभापति तामाङले हरेक नेपालीको मौलिक एवम् परम्परागत चाड, पर्व, उत्सव, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्ने दायित्व दलहरुको पनि भएको भन्दै यसैका लागि गत वर्षदेखि कार्यक्रम गरिएको र यस वर्ष पनि निरन्तरता दिइएको बताउनुभयो ।

त्यसैगरी ख्रीष्टीयन समाज धरानका अध्यक्ष गोविन्द राईले सयौं थुङ्गा फुल र चार जात छत्तिस वर्णको फुलवारी भन्ने गरेपनि त्यसको अनुभूति हुन नसकिरहेको अवस्थामा नेपाली कांग्रेसले गत वर्षदेखि इसाई धर्मावलम्वीहरुको महान पर्व ख्रीष्टमसको अवसरमा ईसाई समुदायलाई समेत निम्तो गरी शुभकामना आदान प्रदान गरेकोमा इसाई समुदाय अत्यन्तै हर्षित भएको बताउनुभया । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव महेन्द्र प्रधान र सहसिचव सुमित राईले गर्नुभएको थियो ।क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
