सर्वोच्च अदालतका न्यायाधीशद्वारा प्रदेश प्रहरी कार्यालयको अवलोकन भ्रमण

विराटनगर । सर्वोच्च अदालतका माननीय न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश सारङ्गा सुवेदीले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अवलोकन भ्रमण गर्नु भएको छ । पुस १३ गते अवलोकन भ्रमणको क्रममा आउनु भएका उहाँहरुलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले स्वागत गर्नु भएको थियो । अवलोकन भ्रमणको क्रममा वहाँहरुले कोशी प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखा, महिला बालबालिका सेवा केन्द्र, सामुदायिक शाखा तथा शिशु स्याहार कक्षको अवलोकन भ्रमण गर्नु भएको थियो । सो अवसरमा कार्यालय परिसरमा बृक्षारोपण समेत गरिएको थियो ।

कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसाद राजभण्डारी, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्री, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया