सुस्ताएको पर्यटन व्यवसायी पुन: चलायमान

धरान । निरन्तता र धर्यताकै कारण सुस्ताएको पर्यटन व्यापार अहिले पुन चलमलाउन थालेको छ । सडक सञ्जाल, विश्वव्यापी फैलिएको
कोरोना संक्रमण आदिका कारण बन्दको अवस्थामा पुगेको सेछ एड्भेन्जर एण्ड होलिडेज पार्क विस्तारै लयमा फर्किन थालेको छ । शाहसीक खेलमा रुची राख्नेहरु यो पार्कमा ढाढा टाढाबाट आएर रम्न थालेका छन् । धरानका पर्यटन व्यवसायी बासुदेव बराल र एलिना मगर लगायतका तीन जनाले धरानको अन्त्यन्तै दुर्गम वडा धरान २० चिण्डेडाँमा सम्भावना देखेर साहसिक खेललाई प्रवद्र्धन गर्दै पर्यटन तान्ने उद्देश्य कोशी प्रदेशमै चार बर्ष अगाडि पहिलो पटक ‘सेच्छा एडभेन्चार पार्क’ सञ्चालन गर्नुभयो । पार्कसम्म पुग्ने सडक सञ्जालको दुरावस्था र विश्वव्यापी फैलिएको कोरोना संक्रमणका कारण उहाँहरुले सञ्चालन गरेको पार्क बन्द गर्ने अवस्थामा पुग्यो । तर उहाँहरुले हिम्मत नहारी घाटामा समेत सञ्चालन गर्दै जानुभयो । अर अहिले यो पार्कका पर्यटक आउन थालेका छन्, यो पार्कले विस्तारै लय समाउन थालेको छ । पर्यटन व्यवसायलाई चलायमान बनाउन थालिएको सो स्थानमा साहसीक खेल साइक्लिङ, जिपलाइन, हेडिङ ब्रिज, रसियन सर्कल लगायतमा भीड बढन थालेको छ भने विद्यालयमा अध्ययन विद्यार्थीहरु चिल्ड्रेन पार्कमा रमाउन थालेका छन् । सञ्चालक बासुदेब वरालले डेकेसन प्याकेजको अवधारणा ल्याएपछि भने अहिले विभिन्न स्थानमा रहेका विद्यालय, कलेजका विद्यार्थीसँगै सर्वसाधारणको भीड लाग्न थालेको छ । वनभोजसँगै साहसिक गतिविधिलाई समेत समावेश गरेर प्याकेजमा कार्यक्रम ल्याएपछि विद्यालय, कलेज तथा साहसीक खेलका पारखीहरुको भीड बढ्न थालेको उहाँले बताउनुभयो ।

अहिले यो पार्कका विषयमा सामाजिक सञ्जालमा प्रचारप्रसार हुन थालेपछि त झन यहाँ आउनेको भीड बढ्न थालेको छ । धरान उपमहानगरपालिका वडा १६ जानकीचौकबाट ६ किमी उत्तरमा रहेको वडा नं. २० चिण्डे डाडामा अहिले सवारी साधन लिएर जाने भन्दा पनि हाइकिङ गर्दै त्यहाँ पुगेर साहसिक खेलको मजा लिनेको संख्या बढ्दै गएको छ । ४० देखि ४५ मिनेटको पैदल यात्रापछि पुग्नु भएकी विराटनगरको एक कलेजमा अध्ययनरत मनिषा मेहताले पार्कमा पुगेर यहाँको मनोरम दृश्यसँगै साहसिक खेलको मजा लिन पाउँदा आफूलाई यात्रा गर्दा थाकेको महसुस नभएको बताउनुभयो । उहाँमात्र हैन विराटनगरकै विविएस प्रोगाम कोर्डिनेटर पिंकी शर्माको भनाई पनि मनिषाको भन्दा फरक थिएन । उहाँले विद्यार्थीहरुले यहाँको साहसिक खेललाई मन पराएको र अवसर मिलेमा अर्को पटक आउने कुरा बताएको जानकारी दिनुभयो । ५ करोडको लगानीमा निर्माण गरिएको सेछ पार्कको लगानी बढेर ७ करोड पुगेको छ । करिब अढाई विगाह क्षेत्रमा सञ्चालन भएको सो पार्क सञ्चालनताका विश्वव्यापी कोरोना संक्रमण, आर्थिक मन्दी लगायतका विविध समस्यामा समयमा समेत निरन्तता पाएका कारण अहिले यो पार्कमा कोशी प्रदेशकामात्र हैन नेपालका विभिन्न क्षेत्रबाट पर्यटक आउने र साहसिक खेलको मजा लिनेको संख्या बढ्दै गएको छ । सुस्ताएको पर्यटन व्यवसायलाई निरन्तता दिएकै कारण यो पार्कमा दैनिक २ सय भन्दा बढी अवलोकन र खेलको मजा लिन आउने गरेका छन् । पार्कसम्म पुग्ने सडक जीर्ण रहेको छ । सडक सञ्जालको स्तरोन्नतिमात्र गरिदिने हो भने यो पार्कमा आउनेको संख्यामा अझै वृद्धि हुने थियो । नीजि लगानी भएका यस्ता पार्कको प्रवद्र्धनमा सरकारी स्तरबाट पनि सहयोग मिलेमा पर्यटन प्रवद्र्धनसँगै आर्थिक चहलपहल पनि बढ्नेमा दुईमत छैन ।

तपाईको प्रतिक्रिया