नेपाली कुटनीतिज्ञ तथा अधिकारीको विशेष प्रशिक्षण कार्यक्रममा २६ जना सम्मिलित

धरान । भारतको नयाँदिल्लीस्थित विदेश मन्त्रालयको सुष्मा स्वराज विदेश सेवा संस्थान (एसएसआइएफएस) मा सहभागी भएर आएका नेपालका २६ जना कुटनीतिज्ञ तथा अधिकारीहरुसँग नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले शुक्रबार अन्तरक्रिया गर्नुभएको छ ।नेपाली कुटनीतिज्ञ तथा अधिकारीका लागि राखिएको पहिलो विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपाल सरकारका १० मन्त्रालय र विभागका गरी २६ जना नेपाली कुटनीतिज्ञ तथा धिकारीको प्रतिनिधि मण्डल मंसिर ५ गतेदेखि १५ गतेगतसम्म भारतको भ्रमण गरेको थियो । भ्रमण टोलीमा सहभागीहरुमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सँस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, सहरी विकास मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागमा प्रतिनिधिहरु सहभागी भएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा विश्वव्यापी भूराजनीतिक र भू–आर्थिक विषय, आर्थिक कुटनीति (व्यापार, प्रतिभा, पर्यटन, कनेक्टीभिटप्ी र विकास साझेदारी), नेपाल–भारत सम्बन्ध, हाम्रा साझा सास्कृतिक सम्पदा, डिजिटल पब्लिक इन्फास्ट्रक्चर र रेस्पोन्सियवल एआई सहितका दर्जनौ विषय वस्तुहरु समेटेको थियो । प्रशिक्षण कार्यक्रमका दौरान भारतको राष्ट्रपति भवन, दक्षिण ग्लोबल साउथ सेन्टर अफ एक्सीलेन्स, भारतको राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरण र प्रधानमन्त्री संग्राहालयको स्थलगत भ्रमण पनि समावेश गरिएका थिए । यसका अलावा प्रशिक्षण कार्यक्रमक दौरान प्रसिद्ध धार्मिक तथा शैक्षिक स्थान वाराणसी, सारनाथ र अयोध्याको सँस्कृतिक एवम् पर्यटकीय भ्रमणहरु समेत गरिएका थिए । पन्द्रौ दिनको कार्यक्रम समापनका अवसरमा सहभागी कुटनीतिज्ञ एवम् अधिकारीहरुले भारतका विदेशमन्त्री डा. एस जय शंकरसँग अन्तरक्रिया समेत गर्नुभएको थियो ।


काठमाण्डौस्थित पौष ५ गते शुक्रबार आयोजित नेपाली कुटनीतिज्ञ एवम् अधिकारीहरुसँगको अन्तरक्रियामा भारतीय राजदुत नविन श्रीवास्तवले प्रशिक्षण कस्तो रहयो भन्ने जिज्ञासा राख्नु भएको थियो । प्रशिक्षणमा सहभागीहरुले अत्यन्तै फलदायी रहेको प्रतिक्रिया दिएको भारतीय राजदुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । अन्तरक्रियाका अवसरमा राजदुत श्रीवास्तवले आगामी दिनमा भारतले आयोजना गर्ने प्रशिक्षण कार्यक्रमहरु थप लक्षित र उपयोगी कोर्षहरुका बारेमा योजना बनाउन भारतले कसरी सहयोग गर्न सक्छ भन्ने सम्बन्धमा समेत सहभागीहरसँग बुझ्ने प्रयास गर्नुभएको थियो । नेपाली कुटनीतिज्ञ तथा
अधिकारीरुका लागि पहिलो विशेष प्रशिक्षण कार्यक्रमले भारत र नेपालबीचको संस्थागत आदानप्रदानलाई सदृढ गर्ने निरन्तरताको प्रतिबद्धतालाई थप घनिष्ट र द्विपक्षीइ सम्बन्धलाई मजबुत बनाएको दुतावासद्वारा जारी विज्ञप्तीमा विश्वास व्यक्त गरिएको
छ ।

तपाईको प्रतिक्रिया