दाताको आर्थिक सहयोगमा पञ्चायत माध्यामिक विद्यालयमा पुस्तकालय कक्ष निर्माण हुँदै

धरान । वि.सं. २०२० सालमा अर्थात आज भन्दा ६१ बर्ष अगाडि स्थापना भएको धरान–१० स्थित पञ्चायत माध्यामिक विद्यालय दाताको आर्थिक सहयोगमा पुस्तकालय कक्ष निर्माण हुने भएको छ । विद्यालयकी पूर्व शिक्षिका रेणु प्रधानले आफ्ना स्वर्गीय पति नव प्रधानको स्मृतिमा निर्माण गर्ने उक्त ‘नव प्रधान स्मृति पुस्तकालय कक्ष’ को कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले सोमबार एक विशेष समारोहबीच शिलान्यास गर्नुभएको थियो ।
कक्षा १ देखि कक्षा १२ सम्म अध्ययापन हुने उक्त विद्यालयको माथिल्लो तलामा पुस्तकालय कक्ष निर्माण हुने भएको हो । सो अवसरमा बोल्दै मन्त्री राईले भन्नुभयो, विद्यालयकी पूर्व शिक्षिकाद्वारा निर्माण हुन लागेको थाहा पाउँदा आफूलाइ अत्यन्तै खुशी लागेको छ । विद्यालयको थप भातिक पूर्वाधार निर्माणका लागि कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । शिक्षा विना समाजको सर्वाणीण समुन्नति सम्भव नभएकोले आफूले शिक्षाको श्रीवृद्धिमा सदैव जोड दिँदै आएको समेत प्रष्ट पार्नुभयो । विद्यालय व्यवस्थापन समितिका सभापति कर्णबहदाुर गुरुङको सभापतित्वमा सम्पन्न उक्त शिलान्यास कार्यक्रममा कोशी प्रदेशका सुनसरी क्षेत्र नं. १ ‘क’का सांसद रमेश बस्नेत, क्षेत्र नं. १‘ख’ का सांसद विजय राई, सांसद यसोदा कायस्थले समेत धरानकै पुरानो मध्येको एक विद्यालय भएकोले विद्यालयका भोतिक पूर्वाधार निर्माणमा आफूहरुले पहल गर्ने बताउनु भएको थियो । विद्यालयका शिक्षक खगेन्द्र पुराजुलीले सञ्चालन गर्नुभएको उक्त शिलान्यास समारोहमा धरानका संस्थागत तथा नीजि क्षेत्रका सञ्चालकहरु युरेका आवासीय माविका प्रिन्सिपल कुरन चेम्जा्ेङ्ग, सिओन एकाडेमीका प्रिन्सिल खड्ग मगर, शिक्षा सदन माविका प्रद्यानाध्यापक अमर बस्नेत, माउन्ट हर्मनका प्रशासक नविन राई, भारतीय पेन्सन वितरण कार्यालय धरानका सुरक्षा इन्चार्ज हनेरी सिवि राई, रामुकमार राई, पूर्व प्रद्यानाध्यापक, पूर्व शिक्षक तथा शिक्षिका, पूर्व विद्यार्थीहरु, विद्यालयको हालको भौतिक संरचना निर्माणमा सहयोग पु¥याउनु हुने दाताहरु लगायतको शिलान्यास कायक्रममा सहभागिता रहेको थियो ।


यसैगरि विद्यालयका शिक्षक अनुप तामाङकोे स्मृतिमा विद्यालयको माथिल्लो तलामा माउण्ड हर्मन एकाडेमीका प्रशासक नविन राईले स्टेज निर्माण गरिदिनु भएकोमा उहाँलाई सम्मान गरिएको थियो भने धरान उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष विवेक राई, धरान उपमहानगररपालिकका शिक्षा, युवा तथा खेलकुद महाशखाका प्रमुख गणेशप्रसाद खतिवडा, शिक्षा विकास तथा समन्व्य इकाई सुनसरीका प्रमुख खगेन्द्र सुवेदी, विद्यालयका प्रद्यानाध्यापक उत्तम श्रेष्ठ, पूर्व विद्यार्थी दिपेन्द्र श्रेष्ठले पनि आफ्ना धारणा राख्दै विद्यालयको थप भौतिक प्रगतिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कक्षा ३ मा प्रथम भएका कायनाथ परविन, कक्षा ४ मा प्रथम, द्वितीय र तृतीय भएका सलमान मन्सुरी, सिम्रन विश्वकर्मा, आकृति मग्राति मगर, कक्षा ५ मा प्रथम, द्वितीय र तृतीय हुने भएका रोशनी तामाङ्ग, सांङ्गे तामाङ, दुर्गा राइ, कक्षा ६ मा प्रथम, द्वितीय र तृतीय भएका मनिषा पोद्धार, सोर्नु राई, खुशी लिम्बु, कक्षा ७ मा प्रथम, तृतीय भएका गुडिया पोद्धार, नमिता कुसुुले, कक्षा ८ मा प्रथम, द्वितीय भएका एनिषा लिम्बु, तुमाहाङ राई, कक्षा ९ मा प्रथम, द्वितीय र तृतीय भएका विविका लिम्बु, कल्पना सुतिहार, ऋषित लोहनी र कक्षा १२ मा प्रथम भएकी विविता जिमीलाई पुरस्कृृत गरिएको थियो ।

तपाईको प्रतिक्रिया