धरान । विगत केही समयदेखि शिथिल बनेको अर्थतन्त्रलाई केही हदसम्म भए पनि चलायमान बनाउने उद्देश्यले यही पौष २५ गतेदेखि माघ ५ गतेसम्म तेस्रा्े धरान एक्स्पो हुने भएके छ । सुनसरी उद्योग वाणिज्य संघ धरानको आयोजनामा हुन लागेको एक्स्पोका सम्बन्धमा आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको थियो । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ र एक्स्पो मूल आयोजक समितिका संयोजक एवम् सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल श्रष्ठद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा धरानको आर्थिक गतिविधि, उद्योग व्यवसाय विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने सम्भावना भएकोले विगत दुई बर्षदेखि धरान एक्सपोको आयोजना भइरहेको र तेस्रो तयारीको आयोजना गर्दै गरेको जानकारी गराइएको थियो । विज्ञप्तीका अनुसार कोशी प्रदेशका १४ वटै जिल्लाका व्यापारी, व्यवसायी तथा सर्वसाधारणका लागि प्रदर्शनी अवोलकन गर्न सहज हुने गरी आयोजना गर्न लागिएको एक्स्पोमा विविधि व्यवसायिक, उद्यमी, कृषि क्षेत्र सबैलाई पर्याप्त स्थान उपलब्ध गराइनेछ । धरान एक्स्पो २०८१ मा सुनसरीका सबै स्थानीय तह, मोरङ्ग, झापा, इलाम,, उउदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा, भाजपुरसँगै छिमेकी मुलुक भारतका नजिकका जिल्ला तथा सहरहरुबाट अवलाकन, व्यापार व्वसायका लागि ब्यवसायी तथा अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । एक्स्पोको तयारीका क्रममा धरान बाहेकका जिल्ला, नगर, पालिका, गाउँपालिकाका उद्योगी व्यवसायी, कृषक तथा आम नागरिकलाई आकर्षित गर्न प्रचार प्रसारको कार्य हाल आरम्भ भइसकेको
छ ।


आयोजकका अनुसार धरान एक्स्पोले सुनसरीबासी र धरानबासीलाई उत्साहित तुल्याएको, एक्स्पोमा दैनिक २० हजार मानिसले अवलोकन गर्ने र व्यापारिक एवम् सवर्वसाधारणको कनमेल सहित १० करोड हाराहारीमा एक्स्पो अविधमा कारोबार हुने आयोजकले अपेक्षा गरेको छ । एक्स्पोलाई सफल बनालन हाल ५०१ सदय रहेको आयोजक समिति बनाइएको र एक्स्पो धरान उपमहानगरपालिका, कोशी प्रदेश सरकार, संघीय सरकार र नेपाल उद्योग वाणिज्य महासंघको हसहयोगमा हुन लागेको हो । एक्स्पोमा १२० वटा स्टलहरु रहने, सुरक्षाका लागि सिसी क्यामेरा जडान गरिने, दैनिक २० जना सशस्त्र प्रहरी, १० जना नेपाल प्रहरी, २० जना सेक्युरिटी गार्डले सुरक्षाको प्रबन्ध गर्ने व्यवस्था मिलाइएको छ । एक्स्पोमा भारत, पाकिस्थान, बंगलादेशका स्टल रहने र पर्यटन, स्वास्थ्य, साहित्यसँग कृषि व्यापार सम्बन्धी वित्तीय संस्थासँग सम्बन्धित गोष्ठी तथा प्रशिक्षण कायक्रम समेत सञ्चालन हुने भएको छ । सो अवसरमा सञ्चारकर्मीहरुले विगतमा भएको एक्स्पोमा कति रकम बराबरको कारोबार भएको थियो, हरेक बर्ष आयोजना गर्नुको सट्टा बीचमा ग्याप गरेर एक्स्पोको आयोजना गर्न आयोजकको विगतको भनाईका विपरीत किन हरेक बर्ष आयोजना गर्न लागिएको हो, एक्स्पोमा स्थानीय बजारको तुलनामा बस्तु तथा सामाग्रीको मूल्य अत्याधिक भएको, एक्स्पो अवधिमा स्थानीय व्यापार व्यवसाय चौपट हुँदै आएको भन्ने जिज्ञासामा आयोजकका तर्फबाट गोलमटोल जवाफ दिइएको थियो ।
