धरान । नेवारी समुदायलाई एकतावद्ध बनाई सँस्कृति र पहिचानलाई स्थापित गर्न गठित नेवाः देय् दबू धरान उपमहानगरको चौथो अधिवेशनबाट अध्यक्षमा मनोहर शाक्य निर्वाचित हुनु भएको छ ।


धरान १ धुलिखेल समाजको सभाहलमा आयोजित अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रदिप कुमार श्रेष्ठ, खुल्ला उपाध्यक्षमा ु विनिता बज्राचार्य, महिला उपाध्यक्षमा ु सल्मा जोशी, खुल्ला सचिवमा लिला बहादुर प्रधान, महिला सचिवमा प्रेमकुमारी श्रेष्ठ र कोषाध्यक्षमा रमिता श्रेष्ठ निर्वाचित भएका छन् । यसैगरी नौ सदस्यीय सदस्यहरुमा, बाबुकाजी शाक्य, सुमन श्रेष्ठ, प्रेम तुलाधार, सविना शाक्य, हरिकृष्ण श्रेष्ठ,ु अनिल श्रेष्ठ, अनेशकुमार तुलाधर, र इन्दिराकुमारी खड्गी रहनु भएको छ ।
