लोकलक्ष्मी छात्रवृत्ति कोषद्वारा सहयोग प्रदान

धरान/दर्जनौ विद्यालय र विश्व विद्यालय अन्तर्गतका कलेजहरुलाई लोकलक्ष्मी गरिब तथा जेहेन्दार छात्रवृत्ति कोष मार्फत सहयोग पुर्‍याउदै आएको कोषले दोलखास्थित नेपाल क्षयरोग निवारण शाखालाई आइतबार आर्थिक सहयोग प्रदन गरेको छ ।
धरानका प्रतिष्ठित शिक्षाविद् तथा समाजसेवी प्रो. इन्द्रप्रसाद श्रेष्ठले आÏना स्वर्गीय माता पिताको नाममा स्थापना गर्नुभएको कोषले हालै गएको महाविनाशकारी भुकम्पले क्षतिग्रस्त बनाएको दोलखा स्थित नेपाल क्षयरोग निवारण शाखा, पुन निर्माणमा थोरै भएपनि टेवा पुगोस भन्ने िहेतुसले रु १० हजार प्रदान गरेको कोषका संस्थापक श्रेष्ठले धरान साप्ताहिकलाई बताउनुभयो । श्रेष्ठले दोलखा शाखाका अध्यक्ष एवे केन्द्रीय सदस्य राधा मास्केलाई बैंकमार्फत उक्त रकम प्रदान गर्नुभएको हो ।
यसैबीच समाजसेवी श्रेष्ठका सुपुत्र एवम् वृटिश सेनाका क्याप्टेन राजीव श्रेष्ठले धरानका दुई सामुदायिक विद्यालय र इलाका प्रहरी कार्यालय धरानलाई ८ थान डेल कम्पनीका कम्प्युटर प्रदान गर्नुभएको छ । भर्खरै क्याप्टेन श्रेष्ठका भाइ रन्जीव श्रेष्ठले ती कम्प्युटर सम्बन्धित विद्यालय र इलाका प्रहरी कार्यालय धरानलाई हस्तान्तरण गर्नुभएको थियो । धरान १२ स्थित रहेको पब्लिक उच्च माविलाई ४ थान, धरान १४ विजयपुरमा रहेको दन्तकाली माविलाई ३ थान र इलाका प्रहरी कार्यालय धरानलाई १ थान कम्प्युटर प्रदान गरिएको रन्जीव श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया