असम नेपाली साहित्यसभाको १६ औं स्वर्ण जयन्तिमा नेपालका डा. देवी नेपाल पुरस्कृत

इलाम । असम नेपाली साहित्य सभाको १६ औं त्रैबार्षिक महाधिवेशन तथा स्वर्ण जयन्तिका अवसरमा आयोजित अन्तर्राष्ट्रिय काव्य संगोष्ठीमा नेपालका साहित्यकार डा. देवी नेपाल पुरस्कृत हुनु भएको छ । भारतको असममा बसोबास गर्ने नेपाली मुलुका (गोर्खालीहरुको) एक मात्र वौद्धिक अनुष्ठान असम नेपाली साहित्य सभाको १६ औं त्रैमासिक महाविधशन तथा स्वर्ण जयन्ति समारोहमा यस बर्ष नेपालबाट डा. देवी नेपाल, चन्द्र भण्डारी, दिपक सुवेदी, विष्णु न्यौपाने, टिका पौड्याल, विमल वैध लगायतका कवि, कवियत्रि तथा साहित्यकारहरुलाई निम्त्याइएको थियो ।


असमको गोलाघर जिल्लाको प्रसिद्ध ऐतिहासिक स्थल सरुपथारको शिवाजी राई समन्वय क्षेत्रमा मंसिर २० गते देखि २३ गतेसम्म कार्यक्रमको आयोजना गरिएको थियो । असममा नेपाली मुलुका ६० लाख नेपालीहरुको बसोबास रहेको छ । उनीहरु आफूलाई नेपाली मुलका भन्नुभन्दा पनि गोरखा भन्न मन पराउँछन् । गोरखा भन्दा उनीहरु गर्व महसुस गर्छन् । चारदिनसम्म चलेको उक्त कार्यक्रममा नेपालका साहित्यकार तथा कविसँगै भारतका विभिन्न राज्यहरु पश्चिम बंगालको सिलगुढी, दार्जीलिङ्ग, सिक्किम, उत्तर प्रदेश, विहार लगायतका स्थानहरुबाट अतिथिहरुलाई निम्त्याइएको थियो । उक्त अन्तर्राष्ट्रिय काव्य संगोष्ठीको असमका मुख्यमन्त्री सर्वनन्दा सोनोवालले झण्डोत्तलन गरेर कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो भने समापन समेत उहाँले नै गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया