रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता शुरु

धरान । विद्यालय स्तरबाट बास्केटबल खेलको प्रवद्र्धनका लागि विगत तीन बर्षदेखि निरन्तर सञ्चालन भइरहेको रेवाहाङ मेमोरियल बास्केट बल प्रतियोगिता आजबाट धरानमा शुरु भएको छ । सो प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्नुभयो ।
धरान बास्केटवल संघको व्यवस्थापन, रेवाहाङ रुछेन्वुङ स्मृति प्रतिष्ठान र सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा धरान उपमहानगर र आसपासका क्षेत्र तथा जिल्लाका विद्यालयहरुबाट करिव १२ वटा टिमले सहभागिता जनाएका छन् । ‘
प्रतियोगितामा १२ कक्षासम्म अध्ययन गरिरहेको खेलाडीहरुले सहभागिता जनाएका छन् । उद्घाटनका अवसरमा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सानो प्रतियोगिता भएपनि यसले बास्केटबल खेललाई प्रवद्र्धन गर्न ठूलो सहयोग पु¥याएकौ बताउनुभयो । उहाँले यस खेलको प्रवद्र्धनका लागि प्रदेश सरकारले खेलकुदको बजेटबाट सहयोग गर्ने आश्वासन दिनुभयो ।


प्रतियोगिताको एक टिममा १० कक्षा सम्मका ६ जना र ११ र १२ कक्षाका ६ जना खेलाडीले सहभागिता जनाएका छन । १० कक्षा सम्मका खेलाडीहरुको हकमा भने टिमको सम्पुर्ण १२ जना खेलाडी नै समावेस गरिएको आयोजक धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वुले जानकारी गराउनुभयो ।
दिवंगत पूर्व बास्केटवल खेलाडि रेवाहाङ राईको स्मृतिमा विगत तीन वर्ष अघि देखि धरान मेघा कलेज, बास्केटवल संघ र रेवाहाङका परिवारको सहकार्यमा प्रतियोगिता सुरु भएको हो । धरान १८ निवासी रेवाहाङ राईको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो । दश कक्षामा अध्ययन गरिरहेको रेवाहाङ राईको असमाहिक निधन पछि उहाको स्मृतिमा उहाका परिवारले २ लाखको अक्षय कोष निर्माण गरी प्रतियोगिताको आयोजनन शुरु गरेको हो । रेवाहाङ प्रदेश स्तरीय बास्केट बलका समेत राम्रा खेलाडी भएकाले छोरा गुमाएको पीडालाई साहसमा बदल्दै खेलाडी उत्पादनका लागि अक्षय कोष निर्माण गरी कलेज र बास्केट बल संघसँग सहकार्य गरेर प्रतियोगिताको आयोजना गरिएको रेवाहाङका अभिभावक रेवतीरमण राईले जानकारी दिनुभयो ।
पौष ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टिमले नगद रु. २५ हजार, उपविजेताले नगद रु. १२ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयर र उदयीमान खेलाडीले नगद पुरस्कारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

तपाईको प्रतिक्रिया