राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको चिवाभन्ज्याङ गणेशचौक सडकको काम सुस्त गतिमा बाढी पहिरोबाट वासआउट भएको फलामे खोला र ओयाम खोलाको पुल अझै ठेक्का लागेन

पाँचथर (गणेशचौक) । पहाडका १६ जिल्लाको जनजीवनलाई सडकमार्गबाट जोड्ने उद्देश्यले निर्माण थालिएको मध्यपहाडी लोकमार्ग (पु्ष्पलाल मार्ग) भारतको सिक्किम राज्यसँग सीमा जोडिएको पाँचथरको सदुरपूर्वी याङवरक गाउँपालिका वडा नं. १ चिवाभन्ज्याङदेखि गणेशचौक सम्मको सडकमध्ये ५१ किमी सडक निर्माणको काम अत्यन्तै सुस्त गतिमा भइरहेको छ । पाँचथरको गणेशचौकदेखि थपुर््सम्मको ९ किमी सडक दुई बर्ष अगाडि नै कालोपत्रे भएपनि थर्पुदेखि चिवाभन्ज्याङसम्मको ५१ किमी सडकको काम प्रगति अत्यन्तै सुस्त गतिमा भएकोले तोकिएको समयमा काम सम्पन्न हुनेमा उक्त सडक आयोजनाका प्रमुख दिपेन्द पाण्डेले आशंका व्यक्त गर्नुभएको छ । सडक आयोजनाका सूचना अधिकारी राजनारायण सरदारका अनुसार थुर्पुदेखि चिवाभन्ज्याङसम्मको सडकको काम त भइरहेको छ तर आशलाग्दो प्रगति भने हुन सकेको छैन । उहाँले भन्नुभयो ठेकदारले काम त गरिरहेका छन्, छठपर्वपछि अलिकति कामको गति पनि बढेको छ तर हामी उनीहरुको कामप्रति सन्तुष्ट छैनौं । ठेकदार कम्पनीलाई अलिकति स्पिड बढाउनुप¥यो भनेर प्रेसर दिइरहेका र्छौ । ठेकेदारहरु गर्छौ गछा्र्रै मात्र भन्छन् । सडकमा काम गर्ने कामदारको संख्या न्यून छ । तीन चार सय जना मजदुरले काम गरिरहेका छन् । समयमै काम सिध्याउन आठ नौ सय मजदुर चाहिन्छ ।
५१ किमी सडक तीन प्याकेजमा

चिवाभन्ज्याङदेखि थर्पुसम्म ३ प्याकेजमा यतिबेला सडक निर्माणको काम भइरहेको छ । चिवाभन्ज्याङलाई जिरो माइल मानेर त्यसभन्दा पश्चिम १६ किमी सडक निर्माणको जिम्मा रोशन शिव शक्ति जेभीले गरिरहेको छ । कुल ५३ करोड १७ लाख ९५ हजारको लागतमा उसले आगामी २०८२ पौष मसान्त सम्ममा कालोपत्रे सम्मको काम सम्पन्न गर्नुपर्ने हुन्छ । यसैगरि १६ किमीदखि अगाडि ३३ किमीसम्मको (बानियाँ डाँडासम्मको) सन्तोषी शिव शक्ति जेभीले आगामी पौष मसान्त सम्ममा सम्पन्न गर्ने गरी ४६ करोड ४६ लाख ७ हजारमा ठेक्का पाएको हो । उसले समेत आगामी पौष मसान्त सम्ममा सम्पन्न गर्नुपर्ने हुन्छ । उता ३३ किमीदेखि ५०.६४७ किमीसम्मको सडकको निर्माणको काम रोशनी शिव शक्ति जेभीले नै पाएको छ । उसले ४७ करोड ३६ लाख १७ हजारमा ठेक्का सकारेको हो । तोकिएको अवधिमा काम सम्पन्न हुन्छ त भन्ने जिज्ञासामा सूचना अधिकारी सरदारले भन्नुभयो प्रगति र काम हेर्दा आशाचाहिँ गरेका छैनौं । विगतमा पनि ठेक्काको म्याद थपिएको उहाँले स्मरण गर्नुभयो ।
वासआउट भएका दुई पुलको अझै ठेक्का लागेन
गत बर्ष र यस बर्ष आएको बाढी पहिरोका कारण पूर्ण रुपमा वासआउट भएका फलामे खोलाको पुल र ओयाम खोलाको पुलको अझसम्म ठेक्का व्यवस्थापन हुन सकेको छैन । आयोजना प्रमुख दिपेन्द्र पाण्डेका अनुसार दुवै पुलको निर्माण कार्य अझसम्म अगाडि बढ्न सकेको छैन । पुल निर्माणका लागि बजेटको सुनिश्चितता, वहुवर्षीय ठेक्काको सहमति चाहिन्छ । त्यसका लागि डिजाइन स्वीकृत हुनुप¥यो । यस्तो महत्वपूर्ण सडकमा बन्ने पुललाई संघीय सरकारले अन्य पुलको जस्तै मापदण्डमा दाँजेर पनि अलिकति अप्ठेरो भएको छ । हामीले ती दुवै पुल निर्माणका लागि अफिसका तर्फबाट जे जे लेखेर पठाउनुपर्ने हो त्यो लेखेर पठाएका छौं । सूचना अधिकारी सरदार भन्नुहुन्छ फलामे खोलाको यसभन्दा अगाडि २५ मिटरको पुल थियो । अब खोला बाढीका कारण विस्तार भएकोले ४० मिटर लामो पुल बनाउनुपर्ने हुन्छ । ओेयाम खालामा यस भन्दा अगाडि २० मिटर लामो पुल थियो त्यसमा २० मिटर नै लामो पुलका लागि लेखि पठाएका छौं । दुवै पुलको फाइल विभागमा पेश भएपनि त्यहाँबाट डिजाइन ड्रइङ भएर कहिले आउँछ यसै भन्न सकिदैन ।
ठेक्का व्यवस्थापन २ र हस्तान्तरण हुन बाँकी ६ पुल
चियाभन्ज्याङ गणेशचौक खण्ड अन्तर्गत जम्मा ८ वटा पुलहरु रहेका छन् । सबै पुलहरुको निर्माण सम्पन्न भए तापनि ओयाम खोला र फलामे खोलाको पुल बाढी पहिरोबाट वासआउट भएपछि हालसम्म त्यसको ठेक्का व्यवस्थापन हुन सकेको छैन । अन्य सात वटा पुलहरुमा पुवा खोला पुल, नुवा खोला पुल, मुसेपा खोला पुल, शिवा खोला पुल, छाँगे खोला पुल १ र छाँगे खोला पुल २ रहेका छन् । यी पुल निर्माण सम्पन्न भएपनि हालसम्म आयोजनालाई हस्तान्तरण ठेकेदार कम्पनीले गरिसकेका छैनन् । यस सडक खण्ड अन्तर्गत अन्य साना कलभर्टहरु आधा दर्जन भन्दा बढी रहेका छन् । हाल वासआउट भएको ओयाम खोला र फलामे खोलामा डाइभर्सन निर्माण गरिएको छ । साना सवारी साधनहरु गणेशचौकबाट चिवाभन्ज्याङसम्म आउजाउ भइरहेको छ ।
चिवाभन्ज्याङ–सिक्किम नाका खोल्न माग
रणनीतिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण, नेपाली र सिक्किमेली जनताबीच वैवाहिक, व्यवसायिक सम्बन्ध रहेकोले चिवाभन्ज्याङ–सिक्किम नाका खोल्न पाँचथर, ताप्लेजुङ र इलामबासीले नेपाल सरकारसँग पटक पटक आग्रह गर्दै आएका छन् । खासगरि चिनियाँ पर्यटकको पहिलो रोजाइमा पाँचथरको चिवाभन्ज्याङ नाका रहेको छ । ताप्लेजुङको टिप्तला भन्ज्याङबाट १२१ किमी दूरी पार गरेपछि तमोर करिडोर सडक भएर सुभाङ खोला र त्यसभन्दा अगाडि १९ किमीमा गणेशचौक भएर चिवाभन्ज्याङ पुगिने सबैभन्दा छाटो दूरीको सडक भएकोले पनि चिनियाँहरु आकर्षित भएको च्याङथापुका गणेश लिम्बुको बुझाई छ । उक्त नाका खोल्नका लागि पटक पटक राजनैतिक प्रयासहरु समेत हुँदै आएका छन् । नेकपा माओवादीका कोशी प्रदेशका सांसद इन्द्रबहादुर आङ्बोले त तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणका क्रममा नाका सञ्चालनका लागि भारत सरकारसँग पहल गरिदिन ज्ञापनपत्र नै बुझाएका थिए । उनले आफ्नो ज्ञापनपत्रमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढिरहेको मध्यपहाडी लोकमार्गको स्तरोन्नति र कालोपत्रेका लागि सरकारले हरेक आवमा बजेट बिनियोजन गरिरहेको छ तर महत्वपूर्ण चिवाभन्जङ नाका कहिले खुल्ने भन्नेमा अन्यौलता भएकोले पहलका निम्ति आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया