एकैपटक बत्तीस उद्योगको विजुली काटियो

धरान । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल उठाउने नाममा एकै पटक ३२ वटा उद्योगका लाइन काटेको छ ।
उद्योगका विद्युतका लाइन काटिएपछि हजारौले रोजगारी गुमाएका छन् । त्यसरी विद्युत काटिएका उद्योगहरुमा जगदम्बा स्टिल उद्योग, घोराही सिमेन्ट उद्योग, अर्घाखाँची सिमेन्ट उद्योग, त्रिवेणी स्पिनिङ्ग मिल, सोनापुर मिनरल, लक्ष्मी ग्रिल, जगदम्बा सिन्थेटिक, बुटवल सिमेन्ट, अशोक स्टिल, हुलास स्टिल, सर्वोत्तम सिमेन्ट, कसमस सिमेन्ट, एभरेष्ट पेपर मिल, हामा आइरन, निगाले सिमेन्ट, त्रिवेणी सिन्टेटिक याने, विशाल सिमेन्ट, बाबा जुट मिल, धराना फुड्स, सिद्धार्थ पेपर प्लान्ट, एसआर फुड्स, गोयन्का फुड्स, शुभश्री अग्नी सिमेन्ट, पञ्चकन्या स्टिल, श्याम प्लाष्टिक उद्योग, भलवारी स्वचालित कारखाना, पञ्चकन्या प्लाष्टिक, एभरेन्सट रोलिङ्ग मिल, एसआर स्टिल, विनायक स्पात प्रा.लि., शुभलक्ष्मी पोलिफर्म र नव नेपाल प्लाष्टिक उद्योग रहेका छन् ।

बक्यौता तिर्न बाँकी ८ वटा उद्योगहरुले किस्ताबन्दीमा तिर्ने शर्त राखेकोले ती उद्योगहरुको हाल लाइन काटिएको छैन । त्यस्ता उद्योगमा हिमाल आइरन, सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट, जीवी टेक्सटाइल्स (१), जिवी टेक्सटाइल्स (२), नारायणी रबर, एजी हेल्थ, नेशनल रबर रहेका छन् । यसैगरी ७ वटा उद्योगहरुले नेपाल विद्युत प्राधिकरणको विरुद्धमा अदालतनबाट अन्तरिम आदेश दिएका कारण ती उद्योगकाहरुको समेत लाइन काटिएको छैन । त्यसरी अन्तरिम आदेश लिएका उद्योगहरुमा रघुपति जुट मिल, अरिहन्त पोलिप्याक, अरिहन्त मल्टिफाइबर, युनाइटेड सिमेन्ट, शिवम् सिमेन्ट, मारुती सिमेन्ट र
रिलायन्स स्पिनिङ्ग मिल्स रहेका छन् । उता सरकारी उद्योगमा हेटौडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाए पनि तिनको विद्युत लाइन काटिएको छैन ।

तपाईको प्रतिक्रिया