धरान । नेपाली युवाहरु विदेशिने क्रम बढ्दो छ । नेपालमा सम्भवना नदेखेका उनीहरुले विदेशमा आफूले सोचेको सपनालाई पूरा गर्नै अठोट बोकेर पछिल्लो समय विद्यार्थी भिसामा होस वा कामको शिलशिलामा होस् भकाभक विदेश जाने नेपालीहरुको संख्यामा वृद्धि हुदै गएको छ । यस्तो अवस्थामा युवालाई स्वदेशमा रोक्ने विभिन्न कार्यक्रमहरु समेत बादरको पुच्छर लौरो न हतियार सावित भएको छ । सरकारले युवा पुस्तालाई स्वदेशमै स्वरोजगारको व्यवस्था गरी विदेशिनबाट रोक्ने नीतिहरु ल्याए पनि सरकारले ल्याएका त्यस्ता नीति तथा कार्यक्रम बालुवामा पानी हाले सरह सावत भएको त्रिभुवन विमान स्थलमा विदेश जान लाइनमा लगेका युवा पुस्ताको भीडले प्रष्ट्याएको छ । दिनमा सैयौ युवा पुस्ता विदेशिने गरेका छन् । खासगरी कामका लागि खाँडी मुलुक साउदी अरब, कतार, दुवई लगायतका युरोपियन देश तथा एसियन देश जानकोलागि युवा पुस्ताको लाइन त्रिभुवन विमान स्थलमा अत्याधिक हुने गरेको छ । पछिल्लो समय कामका लागि मात्रै हैन जापान तथा अष्टूेलिया, युके लगायतका देशहरुमा पढनका लागि समेत युवा पुस्ता धमाधम विदेशिने क्रम बढ्दै गएको छ । संखुवासभाका विनोद तामाङ प्लस टु अध्ययन सकेर जापान प्रथान गर्नुभएको छ । अध्ययनकै लागि जापान जान लाग्नु भएका उहाँले नेपालमा सम्भावना नै देख्नु भएको छ । आफूले साचेको सपना पूरा गर्न जापान जान लागेको बताउनुहुन्छ ।

भविष्य बोकेर विदेश जाँदा आफन्तहरुले विदाई गर्दाको अवस्था भने अत्यन्तै कारुणिक हुुने गरेको छ । कतिपय विदेशमा लामो समयसम्म काम गर्ने र आर्थिक अवस्था मजबुत भएपछि नेपाल फर्किएर केही गर्ने सोचमा विदेश गएका छन् । वेरोजगारको समस्याले मात्र हैन शिक्षामा समेत भविष्य देखेर नेपालको अत्यन्तै विकट जिल्लादेखि सुगम जिल्लाका युवाहरु विदेश गएको जाने युवा पुस्ताले बताउने गरेका छन् । हुन त अभिभावक पनि छोराछोरी तथा भाइ वहिनीहरुको इच्छाका आगडि केही बोल्न नसकेको भान विमान स्थलमा देखियो । विदाई गर्दाको क्षणमा भक्कानो छुटेर रुन नसकेपनि अमिलो मन बनाएर आफना सन्तानलाई विदाई गर्दाको क्षणले जोकोहीलाई भावुक बनाउँछ । नेपालमा अवसर नभएकै कारण युवा पुस्ता विदेश जान बाध्य भएको कुरा सरकारले बुझन नसकेकै कारण धमाधम युवा पुस्ता विदेश पलायन भएको अभिभावकहरुको भनाई छ । विदेश गएर भविष्य खोज्नेहरु सबै सम्पन्नता भएका भने छैनन् । थोरैमात्राका अभिभावकहरु सम्पन्नता भएपनि अधिकांश त्यहाँ भेटिने गरेकाहरु ऋण लिएरै गएको बताउने गरेका छन् । यस्तो अवस्था हुँदा पनि सरकारले युवा पुस्तालाई स्वरोजारको व्यवस्था गरी स्वदेशमै रोक्ने योजना अगाडि सार्न सकेको छैन । स्वदेशमै रोक्नका लागि सरकारले ल्याएको पधानमन्त्री
स्वरोजगार कार्यक्रम समेत आफ्ना आफन्तलाई पाल्ने माध्यम बन्दा स्वदेशमा भविष्य नदेखेर युवा पुस्ता धमाधम बाहिरिएका छन् । यसतर्फ सरकारको ध्यान समयमै नगए युवा पुस्ता धमाधम विदेशिने क्रम बढ्दै जान्छ, भविष्यमा युवा पुस्ताको खडेरी नेपालमा हुने सम्भावना बढ्दै गएको छ । यस्तो गम्भीर कुरामा सरकार रमिते भएर बस्न कदापी जाजय भने होइन ।
