विहारमा अर्ना आक्रमण दुईको मृत्यु

धरान । हालैको अविरल बर्षाका कारण सप्तकोशीमा आएको बाढीले कोशीटप्पु वन्यजन्तु आरक्षणका राँगा भैसी बगाएर भारतीय भूमिमा पु¥याएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रले दिएको जानकारी अनुसार सुनसरीसँग सीमा जोडिएको भारतीय गाउँहरु भीमनगर, भगवानपुर, कटैया पावर हाउस, रानीगञ्ज, पुनर्वास क्षेत्रमा राँगा भैसीहरु पु¥याएको थियो । भारतीय बस्तीमा पुगेका राँगा भैसीले यतिबेला ती गाउँहरुमा आतंक नै मच्चाएकोले ती गाउँका बासिन्दाले प्रशासनको ध्यानाकषर्ण समेत गराउदै आएका छन् ।

भारतीय भूमिमा पुगेका बबुल जातिका राँगाले आक्रमण गर्दा दुई जना भारतीय नागरिकको मृत्यु समेत भएको छ । भारतीय सञ्चारमाध्यभमहरुले नेपालको वन्यजन्तु आरक्षणबाट बगेर आएका राँगाले आतंक मच्चाएको जनाएका छन् । त्यसरी मानिसहरुलाई आक्रमण गर्ने, घाइते बनाउने चार वटा अर्नालाई शुक्रबार भारतीय प्रहरीले मारेको समेत बताइएको छ । भारतीय पत्रकार राजीव कुमारका अनुसार बगेर गएका राँगा भैसीहरु झुण्ड झुण्ड बनाएर धान खेत, बाँसघारीमा बस्ने गरेको बताए । आरक्षणका अनुसार बगेर गएका अर्नाहरु आफ्नो बासस्थान सुँघेर फर्कने भएकोले केही समयपछि आरक्षणमा आइपुग्ने छन् ।

तपाईको प्रतिक्रिया