ओलाङचुङगोला । दुई हप्ता अगाडिको अविरल बर्षाका कारण पहिरो खसेर क्षतविक्षत भएको ओलाङचुङगोला सडकको सुकेपानी, इलाडाँडा, लुङ्गथुङ्ग सडक सञ्चालनमा आएको छ । भर्खरै ओलाङचुङगोलासम्म मोटरेबल ट्रयाक खुलेको उक्त सडक निर्माणका लागि सुपर तमोर हाइड्रो प्रा.लिले सहयोग गरेको थियो । फक्तालुङ गाउँपालिका वडा न. ७ का वडाध्यक्ष पेमा टाँसी शेर्पाको आग्रहमा एक हप्ता अगाडि सुपर तमोर हाइड्रो प्रा.लि.ले आफूसँग भएको उपकरण प्रयोग गरी पहिरो हँटाएपछि उक्त सडक सञ्चालनमा आएको हो । यसैगरि अबिरल बर्षाका कारण ताप्लेजुङ सदरमुकामबाट फक्तालुङ गाउँपालिकाको थिवा सडक खण्ड अवरुद्ध भएपछि अपर तमोर हाइड्रो पावर र फेवा कस्ट्रक्सन कम्पनीका मजदुर र स्टाफहरुले प्रतिकूल मौसमका बाबजुद पनि जोखिम मोलेर अवरुद्ध सडक खुलाएका थिए ।

यता तमोर करिडोर सडक खण्डको माझिटार खण्डमा पाँच किलोमिटर सडक पूर्ण रुपमा तमोर नदीले बगाइदिएपछि हाल उक्त सडक खण्ड पूर्ण रुपमा बन्द भएको छ । उक्त सडक खुलाउन समय लाग्ने ओलाङचुङगोला सडक आयोजनाका प्रमुख सिंहबहादुर विष्टले जानकारी दिनुभयो ।
