राजाको हातबाट टीका थाप्नेको भीड

काठमाण्डौ । विगत बर्षहरुमा झै यस बर्ष पनि दशैको टीकाको दिन नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहको हातबाट टीका लगाउने सर्वसाधारणको अत्यन्तै ठूलो भीड देखियो । राजा शाहको हातबाट टीका थाप्नेहरुमा हिन्दु, मुस्लिम, बौद्ध, शिख, जनजाति, दलित लगायत सबै समुदाय रहेका थिए । राजा शाहले शनिवार अपारान्ह ४ बजे देखि आम सर्वसाधारणलाई टीका लगाइदिनु भएको थियो । उक्त दिन टीका ग्रहण गर्न निर्मल निवासमा झण्डै तीन किलोमिटर लामो लाइन लागेको थियो । राजा शाहबाट टीका ग्रहण गरेपश्चात राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दिएको प्रतिक्रियाले यतिबेला सामाजिक सञ्जालहरुमा अत्यन्तै ठूलो चर्चा पाएको छ ।

टीका ग्रहणपश्चात मिश्रले भन्नुभयो धर्म, सँस्कृति, परम्परासँगै राष्ट्रियताको टीका ग्रहण गर्ने सौभाग्य प्राप्त भयो ।

तपाईको प्रतिक्रिया