चाडपर्वलाई सुरक्षित बनाउन सुनसरीमा कुकुर परिचालन

धरान । चाडवार्डलाई मध्यनजर गरी सुनसरी प्रहरीले चालेको सुरक्षा अभियान अन्तर्गत धरानबाट तालिम प्राप्त कुकुरबाट सर्च अभियान चलाएको छ । नागरिकको सुरक्षाका लागि तालिम प्राप्त कुकुरबाट सर्च अभियानलाई प्रहरीले चाडपर्व भरि नै अभियान चलाएको हो । तालिम प्राप्त कुकुर प्रयोग
गरी अपराधिक घट्ना न्यूनिकरण गर्ने अभिप्रायले सुनसरी प्रहरीले अभियान थालेको हो । केही दिन अगाडि सुनसरी प्रहरी प्रशासनको संयुक्त वैठकले सुनसरीमा सुरक्षित चाडपर्व मनाउन गरेको निर्णय अनुरुप चाडवाडका समयमा हतियार, लागू औषध ओसारपसारलाई नियन्त्रण गर्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट दुई वटा तालिम प्राप्त कुकुर ल्याएर सार्वजनिक सवारीसाधन र शंकास्पद स्थानमा सुरक्षा जाँचलाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलयका एसपी सुमन तिमल्सिनाले जानकारी दिनुभयो । उहाँले लागू औषध प्रयोकर्ता तथा विक्री वितरणमा निगरानी राख्ने, पाकेटमार, ठगी नियन्त्रण गर्ने लगायत राति १२ बजेपछिको अनावश्यक आवातजावतलाई नियन्त्रण गर्र्नका लागि प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनालाई अगाडि सारिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमन कुमार तिम्सिनाले बताउनुभयो ।

यता सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले यातायात, वाणिज्य तथा व्यापारका क्षेत्रमा हुने वेथितिलाई नियन्त्रण गर्ने, यात्रुको सुरक्षा लगायतका विषयमा सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढाइने, चाडर्वमा हुने काला बजारी, ठगीका घटनालाई न्यूनिकरण गर्न सम्बन्धित निकायसँग समन्वय
गरेर अनुगमन गर्ने लगायतका सुरक्षाका सम्पूर्ण कामहरु अगाडि बढाइने निर्णय भए बमोजिम काम समेत अगाडि बढाइएको उहाँको भनाई छ । चाडपर्व लक्षित सुरक्षा योजना अनुसार धरान उपमहानगरपालिका क्षेत्रभित्र लागुऔषध कारोबार, चोरी डकैती नियन्त्रण गर्न र चाडपर्व नजिकिएसँगै अपराधजन्य घटना घट्न नदिनका इलाका प्रहरी कार्यलयमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुरसहित चेकजाँच धरानबाट सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया