काठमाण्डौ । नेपालस्थित भारतीय राजदुतावास काठमाण्डौमा ७८ आंै स्वतन्त्रता दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।
नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै स्वतन्त्रता दिवस समारोह शुभारम्भ भएको् थियो । कार्यक्रममा भारतका राष्ट्रपति श्रीमति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो । राष्ट्रिपति मुर्मुले आफ्नो सन्देशमा विगत ७७ बर्षमा विभिन्न क्षेत्रमा भएको प्रगतिमाथि प्रकाश पार्नुभएको र भारतको स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्नु हुने सम्पूर्ण स्वतन्त्रता सेनानीहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । सो अवसरमा भारतीय राजदुत नविन श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिका श्रीमति र उनका आश्रित परिवारलाई ५ करोड ५०लाख र कम्बल वितरण गरी सम्मान गर्नुभएको थियो । साथै भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमति एवम् १०७ जना मृतक सदस्यका निकटतम नातेदारका लागि नेरु १२ करोड ५५ लाख भुक्तानी दिइएको थियो । उक्त भुक्तानीमा आर्मी गु्रप इस्योरेन्स (एजीआई) कार्यक्रम अन्तर्गत बर्ष २०२४ का लागि डेथ इन सर्भिस, एक्सटेन्डेड इन्स्योरेन्स र एजीआइ परिपक्वता भुक्तानी लगायतका लाभहरु समावेश रहेका थिए ।


भारतीय राजदुतावासले नेपालका पाँच प्रदेशका २१ वटा शैक्षिक संस्था र पुस्ताकालयका लागि पुस्तक अनुदानको घोषणा समेत गरेको थियो । दुतावासको यस घोषणाले दुर्गम क्षेत्रका विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री पहुँचमा सकारात्मक प्रभाव पार्ने लक्ष्य दुतावासले जारी विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीका अनुसार दुतावासका अधिकारी तथा उनीहरुका परिवारका अलावा नेपालमा रहनु भएका भारतीय समुदायहरुको सदस्यहरु तथा भारतका शुभचिन्तकहरुले यसपटक दुतावासमा आयोजित ७८ औ स्वतन्त्रता दिवसको उत्सवमा सहभागिता जनाइएका थिए । कार्यक्रममा दुतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाण्डौका शिक्षक तथा विद्यार्थीहरुले देशभक्ति गीत र नृत्य प्रस्तुत गरेका थिए ।

