काठमाण्डौ । आफ्ना आमाहरुको सम्मानमा मानिसहरुलाई वृक्षारोपण गर्न आग्रह गर्दै विश्व वातावरण दिवस २०२४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘एक पेड माँ के नाम’ अभियानको आज उद्घाटन गर्नुभएको छ ।


भारतीय प्रधानमन्त्री मोदीको उक्त अभियानले यतिबेला भारतमा व्यापक समर्थन पाएको छ । उक्त अभियान अन्तर्गत नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले आजै दुतावास परिषरमा निलो गुलमोहरको विरुवा रोपेर वातावरण संरक्षणको उक्त अभियानलाई समर्थन गर्नुभएको थियो ।
केही दिन अगाडि नेपालकी परराष्ट्र सचिव सेवा लम्सालको आतिथ्यपूर्ण निमन्त्रणमा नेपालको दुई दिने भ्रमणका क्रममा नेपाल आउनु भएका भारतीय विदेश सचिव विक्रम मिश्रीले दुतावास परिषरमा निलो गुलमेहरको विरुवा रोपेर अभियानप्रति आप्mनो प्रतिबद्धता प्रकट गर्नुभएको थियो । वातावरण संरक्षण तथा वातावरणीय दीगोपन प्रवद्र्धन गर्न भारतीय डायस्पोराका सदस्यहरु र नेपालभारत मैत्री संघले समेत विरुवा रोपेर यो अभियानमा सामेल भएका थिए् । एक पेड माँ के नाम अभियानसँगै नेपालस्थित भारतीय राजदुतावासले आफ्नो परिषरमा ७८ वटा विरुवाहरु समेत रोपेर ७८ औ स्वतन्त्रता दिवस मनाएको छ । दुतावासका अधिकारी, तिनका परिवार तथा बालबालिका सम्मिलित उक्त कार्यक्रमले वातावरणीय दीगोपन तथा विश्वव्यापी कल्याणप्रतिको हाम्रो जारी प्रतिबद्धतालाई झल्काउँछ, दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा भनिएको छ एक पेड एक माँ के नाम अभियानले काम गर्न निरन्तर उत्प्रेरित गर्नका साथै हाम्रा्े वातावरण संरक्षणका लागि सामुहिक जिम्मेवारीमा समेत जोड दिइएको छ ।
