एजेन्सी (ढाका) । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार मुलुक छोडेर भागेकी छन् । बंगलादेशको संसदमा झण्डै दुई तिहाई वहुमतका साथ मुलुकको कार्यकारी रहेकी शेख हँसिनालाई बंगलादेशका सेना प्रमुखले राजीनामा दिएर भाग्न सुझाएपछि उनी राजीनामा दिएर भागेकी हुन् । विगत केही महिनादेखि बंगलादेशमा आरक्षणका विरुद्धमा आन्दोलन चर्कदै गएको थियो ।
आइतबार मात्र राजधानी ढाकामा ५ लाख भन्दा बढीको प्रदर्शन हिँसात्मक भएपछि ९० भन्दा बढीको मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था एएफीले जनाए अनुसार प्रधानमन्त्री शेख हसिना, उनकी बहिनी शेख रेहाना बगलादेशबाट हेलिकोप्टर चढेर भागेकी हुन् । बंगलादेशमा सम्भ्रान्त र कुलिन परिवारलाई राज्यका महत्वपूर्ण स्थानमा आरक्षण दिइँदै आएको थियो । सोको विरुद्धमा विद्याथीहरुले आन्दोलन शुरु गरेपछि विस्तारै राजधानी ढाकासँगै देशैभरि फैलिएको थियो । आन्दोलनमा गाएा गाउँबाट मासिनहरुले सहभागिता जनाएका थिए । एएफपीका अनुसार प्रधानमन्त्री शेख हसिनाले बारम्बार राष्ट्रका नाममा सम्बोधन गर्न खोजेकी इिन् । तर आन्द्योलन थप हिंसात्मक बन्दै गएपछि उनको त्यो प्रयास असफल भएको थियो । प्रदर्शनकारीहरुले बंगलादेशका संस्थापक तथा राष्ट्रपति शेख रहमान मुजिवुरको शालिकहरु समेत तोडफोड गरेका छन् ।

