चौध सय क्युविक काठ बेकामे

ताप्लेजुङ । डिभिजन वन कार्यालय ताप्लेजुङको अधिनमा  रहेको लाखौ मूल्य बराबरको कुकाठ जातका १४ सय क्युविक काठ कामै नलाग्ने अवस्थामा पुगेको छ । डिभिजन वन कार्यालयले बेबारिसे अवस्थामा रहेका उत्तीस र मलाटो जातका काठहरु बरामद गरेर घाडगद्धी गरेपनि समयमै उक्त काठ लिलाम, विक्री गर्न नसक्दा सड्ने अवस्थामा पुगेको हो ।


जिल्ला वन कार्यालय ताप्लेजुङ्ग योजना शाखाका अधिकृत परमेश्वर पासपानसँग यस सम्बन्धमा सम्पर्क राख्दा उहाँले भन्नुभयो दुई आर्थिक बर्षमा पटक पटक लिलामीका लागि बोलपत्र आवहान गर्दा पनि कसैको बोलपत्र नपरेको उहाँले सुनाउनु ्र भयो । उत्तीस र मलाटो जातका काठहरु प्लाइउड उद्योगहरुमा प्रयोग हुने भएपनि एक बर्ष भन्दा बढी पुरानो भएका कारण ती काठहरु घाम र पानीले काम लाग्न सक्ने अवस्थामा छैनन् । काठ सड्दै र गल्दै गएका छन् । जिल्ला वन कार्यालये काठ सड्नबाट ोगउन जिल्ला अदालतको स्वीकृति लिएर २०७८ साल माघ २० गते र २०७९ सालमा दुई पटक बोलपत्र आवहान गरेको थियो । उत्तीस जातको काठ ए ग्रेडको भए प्रति क्युविक ३ सय र बी ग्रेडको भए २ सय मूल्यमा यसभन्दा अगाडि विक्री लिलामी गर्दैै आएको थियो । तरदुवै पटक कसैको बोलपत्र नपरेपछि अब बिक्री हुने आश नरहेको पासवानले बताउनुभयो ।

तपाईको प्रतिक्रिया