भारतीय राजदुतावासका रक्षा सहचरीद्वारा व्याडमिन्टन प्रतियोगिताको समुद्घाटन पेन्सन वितरण कार्यालयद्वारा आयोजित प्रतियोगितामा १८ समितिका ११० टिम सहभागी

धरान । भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरान   द्वारा आयोजित छठौ भूपू समिति व्याडमिन्टन प्रतियोगिताको भारतीय राजदुतावासका नव नियुक्त रक्षा सहचरी (डिए) बि सुब्रमन्यमले एक भव्य समारोहबीच पानसमा द्विप प्रज्वलन गरी समुद्घाटन गर्नुभएको छ ।
एक हप्ता अगाडि दुतावासको रक्षा सहचरीमा नियुक्त हुनु भएका बि सुब्रमन्यम पहिलो पटक कोशी प्रदेशस्थित बसोबास गर्नुहुने भारतीय भूतपूर्व सैनिकहरुसँग भेटघाट तथा भारत सरकारले उपलबध गराएको सेवा सुविधाका सम्बन्धमा जानकारी लिन आइतबारै धरान आउनु भएको थियो । सोमबार पेन्सन वितरण कार्यालय धरानले आयोजना गरेको भूपू रेल्लीमा प्रभारी अधिकारी मेजर भरत कनौजियाद्वारा रक्षा सहचरी कर्णेल बी सुब्रन्यम उहाँकी धर्मपत्नी कामाक्षा सुब्रमन्यमलाई औपचारिक रुपमा भव्य स्वागत गर्नुभएको थियो । पूर्वाञ्चलबासी भूपहरुका साथ पिपिओ धरानका कर्मचारीहरुले पनि स्वागत गर्नुभएको थियो । सो अववसरमा रक्षा सहचरीले युद्ध भूमिमा आफ्नो जीवनको प्रवाह नगरी आहुति दिएका बीर सहीदहरुको स्मारकमा पुष्पाहार अर्पण गर्नुभएको थियो । उहाँले भारतीय सेनामा गोर्खा फौजको अब्बल दर्जा रही आएको र उहाँहरुको हक अधिकारप्रति भारत सरकार कटिबद्ध रहेको बताउनुभयो । पूर्वाञ्चलमा बसोबास गर्ने भूपू तथा तिनका आश्रितहरुको समस्याहरुको समधानप्रति आफू सदैव सकारात्मक रहेको बताउनुभयो ।


रक्षा सहचरी कर्णेल बी सुब्रमन्यमले सो अवसरमा बीर नारीहरुलाई उपहार, भूपूका छोराछोरी हरुलाई शिक्षा सहायता प्रदान, अशक्त भूपू सैनिकहरुलाई ह्विलचियर तथा वाकिङ स्टिक, पहिलो पेन्सन भुक्तानी पिपिओ र भौचर, राष्ट्रपतिद्वारा हस्ताक्षरित कदर पत्र साथै वीरता पदक धारकहरुलाई दोसल्ला ओढाई सम्मान समेत गर्नुभएको थियो । उहाँले भूपूहरुको गुनासा र त्यसको समाधानका लागि भूपूहरुसँग छलफल समेत गर्नुभएको थियो । पेन्सन वितरण कार्यालयको हातामा रहेको एमआइरुम, इसिएचएस, डिएसवी, बैंक शाखाहरु, क्याफेटेरिया, पिपिओ अन्तर्गत सञ्चालित सिलाइ कटाई, सौन्दर्य तालिम, कम्प्युटर तालिम केन्द्रका साथै पेन्सनर डोर भेटोरीको निरीक्षण समत गर्नुभएको थियो । यसैगगरि उहाँले नवनिर्मित पिपिओका मुख्य प्रवेशद्वार, पार्किङ सेड र पेन्सन सेडको उद्घाटन गर्नुभएको थियो । आफ्नो भ्रमणको क्रममा उहाँले पूर्वाञ्चलको धनकुटा जिल्लाको भेडेटार, पाथीभरामाताको दर्शन, विजयपुरस्थित दन्तकाली, पिण्डेश्वरको दर्शन समेत गर्नुभएको थियो ।
यसैगरि कर्णेल बी सुब्रमन्यमले मंगलबार सुनसरीको इटहरीमा भूपू समितिद्वारा आयोजना गरिएको वृहत रेल्लीमा सहभागी भई भूपू तथा तिनका आश्रितहरुलाई सम्बोधन गर्नुभएको थियो । यहाँ स्मरणीय कुरा के छ भने नव नियुक्त रक्षा सहचरी कर्णेल बी सुब्रमन्यमले धरानको भ्रमणको क्रममा पिपिओ धरानले पेन्सन केस समाधान र गुनासो निवारणमा चालेका कदमप्रति आश्वास्त जनाउँदै त्यसको खुलेर प्रशंसा गर्नुभएको थियो । साथै उहाँले आफ्नो कार्यकालमा कार्यप्रणालीलाई अझ प्रभावकारी र पारदर्शी बनाउनका लागि प्रतिबद्धता समेत जनाउँदै नेपालमा बसोबास गर्ने भूपू तथा तिनका आश्रित परिवारहरुको हक अधिकार सुनिश्चित गर्नका लागि हर प्रयास गरिने समेत बताउनुभयो ।
हिजो मंगलबारदे्खि शुरु भएको छौठौ अन्तर भूतपूर्व समिति व्याडमिन्टन प्रतियोगिताको समुद्घाटन लगत्तै पहिलो चरणको खेल प्रारम्भ भएको थियो । श्रावण २२ गते अर्थात अगस्ट ६ तारखेकदेखि संघीय प्रहरी इकाई कार्यालयको व्याडमिन्टल हलमा जारी प्रतियोगिता तीन दिनसम्म चल्ने भएको छ । प्रतियोगितालाई उमेरको हिसाबले पाँच वर्गमा विभाजित गरिएको प्रतियोगिता सञ्चालक एवम् पेन्सन वितरण कार्यालयका एडम्स कृष्णबहादुर थापाले जानकारी दिनुभएको थियो । उहाँका अनुसार पहिलो वर्गमा ५० बर्ष भन्दा मुनिका खेलाडी रहने छन् । यस वर्ग अन्तर्गत कुल ५१ टिमले भाग लिने छन् । यो वर्गको प्रतियो्गिता मगलबरदेखि शुरु भएको छ । दोस्रो वर्गमा ५१ बर्षदेखि ६० बर्षका खेलाडीहरु रहने छन्, जसमा कुल २५ टिमले भाग लिनेछन् । यो वर्गको खेल श्रावण २३ गते बुधबार अर्थात अगस्त ७ तारेका दिन हुने भएको थियो । तेस्रो वर्गमा ६० बर्ष भन्दा माथिका खेलाडीहरु रहने छन्, जसमा कुल ९ टिमले भाग लिने र यो वर्गको प्रतियो्गिता श्रावण २४ गते विहीबार अर्थात ८ अगस्तका दिन हुनेछ । चौथो वर्गमा ६० बर्ष भन्दा माथिका एकल खेलाडी रहने छन्, जसमा कुल ७ टिमले भाग लिने छन् र यो वर्गको खेल समेत श्रावण २४ गते विहीबार नै हुनेछ । पाँचौ वर्गमा भारतीय भूतपूर्व सैनिहरुका श्रीमति र छोरीहरुबीचमा प्रतिष्पर्धा हुने भएको छ । जसमा महिला खेलाडीहरुमात्र रहनेछन् । जसमा जम्मा १८ टिमले भाग लिने छन् भने यो वर्गको प्रतियोगिता समेत श्रावण २४ गते सम्पन्न हुने भएको छ । प्रतियोगितामा १८ वटा भूपू समितिका ११० टिमको अन्तिम प्रतिष्पर्धा श्रावण २५ गते शुक्रबार हुने भएको छ । प्रतियोगितामा विजेता र उपविजेता टिमलाई भारतको ७७ औ स्वतन्त्रता दिवस १५ अगस्टका दिन पेन्सन वितरण कार्यालयमा आयोजना हुने कार्यक्रममा पुरस्कृत गरिने भएको छ । प्रतियोगितामा भारतीय भूतपूर्व सैनिक संघ दुधे झापा, भद्रपुर झापा, म्याग्लुङ तेह्रथुम,लक्ष्मी मार्ग मोरङ, झुक्का सुनसरी, शान्ति नगर इटहरी २ सुनसरी, विर्तामोड झापा, आइ पिपिओ धरान, उदयपुर, इलाम, बेलबारी मोरङ, धरान सुनसरी, युनाइटेड एक्स सर्भिसमेन इटहरी सुनसरी, पथरी शनिश्चरे मोरङ, धनकुटा, उर्लाबारी मोरङ, पूर्वाञ्चल भूपू संघ इटहरी सुनसरी समितिहरुको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया