हामी जे भन्छौ त्यही गर्छो , कसैलाई चिप्ल्याउने, झुक्याउने काम गर्दैनौ -प्रा. हेमचन्द्र अधिकारी

प्रा. हेमचन्द्र अधिकारी । पूर्वाञ्चलमै अब्बल शैक्षिक संस्थाको रुपमा परिचित धरान माध्यामिक विद्यालय (धरान उच्च) का प्रिन्सिपल । जीवनका झण्डै तीन दशकभन्दा बढी अध्यापनको अनुभव बटुल्नु भएका प्रा. अधिकारी केही व्यक्तिको सन्की र लहड स्वभावका कारण नीजि शैक्षिक क्षेत्रहरुप्रति अभिभावकहरुको विश्वास गुम्दै गएकोप्रति चिन्तित हुनुहुन्छ । आवश्यकता र यथार्थभन्दा बाहिर गएर सुनियोजित विज्ञापन गरेर आफलाई धरान, प्रदेश तथा नेपालमै उत्कृष्ट देखाउने प्रवृत्तिप्रति अभिभावक र विद्यार्थीहरु सचेत हुनुपर्ने बताउनुहुन्छ । यसपटक हामीले धरान माध्यामिक विद्यालयका प्रिन्सिपल प्रा. हेमचन्द्र अधिकारीसँग विद्यालयको शैक्षिक अवस्था लगायतका विषयमा केन्द्रित रहेर वार्ता
गरेका छौ । प्रस्तुत छन् वार्ताका सारसंक्षेप :

धरान उच्च मावि कहिले स्थापना भयो ?
–धरान उच्च मावि २०५५ सालमा स्थापना भएको हो । हाल हामी २६ बर्षमा हिड्दै छौै । यस दब्रियानमा हामीले यसलाई फैल्याउँदै लग्यौ । आज धरान उच्च माविसँग विविएस, विविए, एमविए, एमविविएस, सिएस आइटी, विएस्सीको बायलोजी, होटल क्यानिजमे्न्टको क्लास ११, १२ म्यानेजमेन्ट, कम्युटर साइन्स लगायत छ । यी सबै कुराहरु हेर्दा एउटा सानो सानो युनिभर्सिटि जस्तो बनाएको छौ ।
हामीसँग अहिले कतिवटा फ्याकल्टी छन ?
–अहिले हामीसँग ३ वटा फ्याकल्टीहरु छन् ।
कुन कुन फ्याकल्टी ?
–साइन्स, म्यानेजमेन्टमा पनि २ फ्याकल्टी छ । एउटा विविए र अर्का विविएस । विविएस तर्फ अहिले मास्टर डिग्री एमविए छ । उता साइन्सतर्फ विएस्सी माइक्रो बायलोजी र विएस्सी सिएच आइटी र साइन्सको ११,१२ छ ।
विद्यालयको शैक्षिक स्तरका सम्बन्धमा अलिकति प्रकाश पारिदिनु न ?
–शैक्षिक स्तरका सम्बन्धमा भन्नुपर्दा हामीले प्रारम्भदेखि नै विद्यार्थीहरुलाई क्वालिटी एजुकेशन प्रदान गरेका छौ । जसको परिणाम स्वरुप हाम्रो कलेजबाट डाक्टरहरु, इन्जिनियरहरु, म्यानेजर्सहरु, अडिर्सहरु, एकान्टेनहरु, विभिन्न अफिस होल्डर्सहरु उत्पादन गरिसकेका छौं । हाम्रो कलेजबाट अध्ययन गर्ने विद्यार्थीहरुले यहाँबाट शिक्षा आर्जन गरिसकेपछि देशका विभिन्न भागमा विशेषत बैंकिङ्ग सेक्सनमा उनीहरु कार्यरत छन् । कोही विदेशमा छन् । कोही काठमाण्डौमा छन् । कोही क्यानाडा, कोही अमेरिका, कोही अस्ट्रेलिया, कोही युकेमा छन् । उनीहरु त्यहाँ पनि राम्रो राम्रो पोष्टमा बसेर काम गरिरहेका छन् । उनीहरुको एभिएयन्सी देखेर त्यहाँका मानिसहरु आश्चार्यमा परेका छन् । यो कस्तो र कहाँको कलेज रहेछ यति राम्रा विद्यार्थीहरु उत्पादन गरेका छन् भनेर प्रशंसा गर्ने गरेको सुन्नमा तिनै विद्यार्थीहरुबाट आएको छ ।
विद्यालयको हालै प्रकाशित केन्द्रीय परीक्षा बोर्डबाट रिजल्टका सम्बन्धमा तपाई एउटा प्रिन्सिपलको नाताले कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
–हामी अत्यन्तै सन्तुष्ट छौं । हाम्रो रिजल्ट अत्यन्तै उत्कृृष्ट छ । धेरै प्रतिशत विद्यार्थी हामीले उत्तीर्ण गराउन सफल भएका छौं । विद्यार्थीहरुले उच्चतम अंक ल्याएका छन् । भर्खरैमात्रब पनि प्रकाशित रिजल्ट अनुसार १३ जना विद्यार्थीले ए प्लस ल्याएका छन् । ३७ जना विद्यार्थीले ए ग्रेड ल्याएर पास गरेका छन् । बाँकी बी प्लस छन् । हाम्रो विद्यालयको यसपटक ९१ प्रतिशत रिजल्ट भएको छ । अघिल्लो बर्ष पनि तुलनात्मक रुपमा उत्कृष्ट थियो । जे होस् रिजल्टको सम्बन्धमा धरानमा अन्य विद्यालयको तुलनामा अब्बल दर्जामा छौ ।
अन्य विद्यालयको तुलनामा शुल्क अलि बढी भयो भन्ने गुनासो पनि यदाकदा धरान उच्च माविका सम्बन्धमा आउने गरेको छ । यस सम्बन्धमा के भन्नुहुन्छ ?
–यो गुनासो नआउनु पर्ने हो । हामीकहाँ आजसम्म कुनै पनि अभिभावक विद्यार्थीले गुनासो गर्नुभएको छैन । हामीले विद्यार्थीहरुलाई धेरै छुटहरु दिएका छौं । अन्यत्रको तुलनामा हामीले अति नै कम शुल्क लिएर पढाइरहेका छौं । गरिब जेहेन्दार कतिपय बिद्यार्थीहरुलाई निःशुल्क अध्यापन
गराइरहेका छौं । हाम्रोमा फि स्ट्राक्चर एफोर्ड गर्न नसक्ने खालको छैन । यस कुरामा विद्यार्थी र अभिभावहरु हामीसँग सन्तुष्ट हुनुहुन्छ ।
हाल स्करलसिप र गरिब, जेहेन्दार विद्यार्थीहरु जसले ए प्लस ल्याउनु भएको छ उहाँहरुलाई फूल फ्रिसीप र गरिब जेहेन्दार विद्यार्थीहरु कतिजना हुनुहुन्छ निःशुल्क अध्ययन गर्नेहरु ?
–हाल हामीसँग १६÷१७ जना विद्यार्थीीहरु जसले ए प्ल्स ल्याउनु भएको छ । उहाँहरुलाई फुल फ्रिसीप दिएका छौै । उहाँहरुल लाइब्रेरीको चार्ज न्यूनतम तिर्नुपर्छ । बुक्सहरु हामी फ्रि दिन्छौं । पछि उहााहरुले बुक्स फिर्ता गरेपछि ५० प्रतिशत रिफन्ड हुन्छ । हामीले अति नै राम्रो
स्कलरसीप दिएका छौं । ए प्लस ल्याउनेहरुले फ्रि नै पढ्नु हुन्छ । ए ल्याउनेहरुले अलिकति तिर्नुपर्छ । बी प्लस ल्याउनेहरुका लागि पनि त्यस्तो कुनै भार छैन । जे होस ्हामीले अत्यन्तै न्यून शुल्क लिएर विद्यार्थीहरुलाई क्लाटिटी एजसुकेशन दिइरहेका छांै ।
गरिब र जेहेन्दार विद्यार्थीहरु हामीसँग कति हुनुहुन्छ जसले निःशुल्क पढ्दै हुनुहुन्छ ?
–गरिब र जेहेन्दार विद्यार्थीहरु पनि हामीसँग १५–२० जना हुनुहुन्छ ।
उहाँहरुको शैक्षिक स्तर कस्तो छ ?
–अत्यन्तै राम्रो छ । उहाँहरुले  राम्रो गरिरहनु भएको छ । सबै विषयमा राम्रो अंक ल्याउनु भएको छ । अगाडिको रेकर्डहरु पनि त्यस्तै छन् हाम्रो । हामीले त्यसमा कोटा नै छुट्याएका छौै । जस्तै दलितलाई धेरै छुट दिएका छौ, अपांगहरुलाई पनि छुट दिएका छौं । मेहनति विद्यार्थीहरुले त्यसै पनि पाइहाल्नु हुन्छ । इन्ट्रान्समा टप गर्नेलाई फ्रि हुन्छ । एसइइमा उत्कृष्ट गरेर आउनु भएका विद्यार्थीहरुलाई पनि हामीले फ्रि गरेका छौ । ११ मा राम्रो अंक ल्याउने विद्यार्थीहरुलाई पनि धरै छुटहरु दिने गरेका छौं ।
अहिले हामीसँग कति विद्यार्थीहरु हुनुहुन्छ ?
–हामीसँग साइन्स र म्यानेजमेन्ट मिलाएर करिब ३ सयको हाराहारीमा ११ मा विद्यार्थीहरु हुनुहुन्छ । १२ मा पनि त्यही हाराहारीमा विद्यार्थीहरु हुनुहुन्छ । करिब ६ सय विद्यार्थी रहनु भएको छ ।
विद्यालयमा प्राध्यापकहरु कति हुनुहुन्छ ?
–साइन्सतर्फ, विविएसतर्फ, एमविएतर्फ पढाउने, विविएतर्फ ११ र १२ मा पढाउनेगरी ५०÷५५ जना प्राध्यापकधहरुले अध्यापन गराइरहनु भएको छ ।
अरु केही छ तपाईले यसमा जोडिहाल्नु पर्ने कुराहरु, भन्नै पर्ने खालका कुराहरु ?
–छ । हामीजे भन्छौ त्यही गर्छो । कसैलाइई चिप्ल्याउने, झुक्याउने काम गर्दैनौ । हामीले कसैलाई चिटिङ गरेका छैनौ । हामी भ्रम फैल्याउदैनौ । हाम्रो् स्थिति जस्तो छ त्यस्तै भन्छौ । कसैले आएर बुझ्न सक्नु हुन्छ । हामी कपोल कल्पित कुरा गरेर नभएका कुराहरु गरेर हामी टप छौै, प्रदेश टप छौं, नेपाल टप छौ हामी भन्दैनौ । फिको सम्बन्धमा पनि हामी अभिभावहरुलाई प्रारम्भमै भन्छौ ११ मा यति लाग्छ १२ मा यति लाग्छ भनेर । एक्स्ट्रा केही तिर्नुपर्दैन भनेर पहिला नै स्पष्ट भन्छौै । हामी एउटा बोलेर अर्को गर्दैनौ । अभिभावक र विद्यार्थीको शोषण गर्दैनौ । अहिले गलत किसिमको प्रतिष्पर्धा विद्यालय बीचमा चलेको छ, गन्धा प्रतिष्पर्धा । यो अस्वस्थ प्रतिष्पर्धाले विद्यालय प्रतिको सोचाईमा नै गलत सन्देश गएको छ ।

तपाईको प्रतिक्रिया