धरान । धरान महिनहारी तथा उपहार व्यापार संघको हालै सम्पन्न अधिवेशनबाट अध्यक्षमा रामस्वरुप शर्मा निर्विरोध निर्वाचित हुनु
भएको छ ।

व्यवसायीसँगँै धार्मिक अभियन्ता समेत रहनु भएका शर्मा सुनसरी उद्योग वाणिज्य संघको द्वितीय उपाध्यक्ष समेत रहनु भएको छ । मनिहारी संघको अधिवेशनले सर्वसम्मत ढंगले कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु चयन गरेको नव निर्वाचित अध्यक्ष शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार संघको उपाध्यक्षमा रञ्जित चौधरी, सचिवमा राजेन्द्रकुमार सुराणा, कोषाध्यक्षमा श्रीमति दुर्गा काफ्ले,उप–सचिवमा अमोद श्रेष्ठ रहनु भएको छ । यसैगरी सदस्यहरुमा श्रीमति सुलोचना भट्टराई, अर्जुन जैसवाल, कमल जैन, पप्पु साह, ओम श्रेष्ठ र बेदप्रकाश शर्मा रहनु भएको छ ।
